default_image

10 years ago

April 14, 2016

बालभवन डिएभी स्कुल क्रिकेट च्याम्पियन

178 views

0 Bookmark

काठमाडौं- प्रथम डिएभी अन्तर्राष्ट्रिय आमन्त्रण स्कुल क्रिकेट लिगको उपाधि भारत नयाँ दिल्लीको बालभवन इन्टरनेसनल स्कुलले जितेको छ । बालभवनले बिहीबारको फाइनलमा अर्को भारतकै बाराणसीको आर्यन इन्टनरनेसनल स्कुलाई ५८ रनले पराजित गरेको थियो।

Balbhawan

पुल्चोकस्थित इन्जिनियरिङ कलेजको मैदान टस जितेर पहिले ब्याटिङ गरेको बालभवनले २० ओभरमा ९ विकेटको गुमाएर १ सय ३३ रन योगफल तयार पारेको थियो । प्रतिउत्तरमा आयर्नले १५.१ ओभरमा सबै विकेट गुमाउँदा ७५ रनमात्र जोड्न सक्यो । बालभवनका लागि निखित तावरले १९ बलमा ५ चौका र १ छक्काका साथ सर्वाधिक ३२ रन बनाए । इशान सिंहले ३१ बलमा २८ र यश ढोलले २७ बलमा २२ रन जोडे ।

आर्यनका मनीषकुमार पटेलले ३ तथा शुभम बर्मा र प्रशान्त दुवेले समान १ विकेट लिए । १ सय ३४ रनको लक्ष्य पछ्याएको आर्यनलाई सस्तैमा रोक्ने क्रममा अविनाभ भट्ट र कार्तिक साराले समान ४ विकेट लिएपछि टोलीले १५.१ ओभरमा सबै विकेट गुमाएर ७५ रनमात्र बनाउन सक्यो । म्यान अफ दी म्याच कार्तिकले ४ ओभरमा २३ रन खर्चे भने अविनभले ३ ओभरमा १४ रन दिए । टोलीका लागि सक्षम सिंगोराले २ विकेट लिए ।

आर्यनतर्फबाट मनीषले सर्वाधिक २७ यश लखमानीले १० र हेराम्ब मिश्राले ८ रन बनाए । १ सय ४२ रन बनाएका बालभवनका निखिल तावर बेस्ट ब्याट्सम्यान तथा ११ विकेटका नेपाल पुलिस स्कुलका नीरञ्जन अधिकारी वेस्ट बलर घोषित भए । बालभवनका सागर नवाल वेस्ट विकेट किपर र सोही स्कुलका अमन जैनवाल इमर्जिङ खेलाडी छानिए । बुटवलको न्यू होराइजन स्कुल फेयर प्ले र भारत लखनउको सिटी मन्टेश्वरी वेस्ट आउट फिट टोली छानियो । आयर्ननका मनीषकुमार पटेल म्यान अफ दी सिरिज घोषित भए । नेपाल क्रिकेट संघकी प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेले विजेता टोलीका खेलाडीलाई पुरस्कृत गरिन् ।

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

Success

Thank you for your time.