7 years ago
January 26, 2019
सुबास हुमागाईं, दुबई
युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै अर्धशतक प्रहार गरेपछि नेपालले दोस्रो ओडीआईमा यूएईलाई २ सय ४३ रनको लक्ष्य दिएको छ ।

आईसीसी एकेडेमी मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले रोहितको ५५ रनको मदतले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ४२ रन बनायो । नेपालले यो ओडीआईमा बनाएको सर्वाधिक रन समेत हो । यसै खेलबाट राष्ट्रिय टोलीमा पुनरागमन गरेका रोहितले ४७ औं ओभरको पहिलो बलमा आउट हुनुअघि ५८ बलमा ७ चौका प्रहार गर्दै महत्त्वपूर्ण ५५ रन बटुले ।
त्यसअघि ओपनर ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले पहिलो विकेटका १५.३ ओभरमा ६१ रनको साझेदारी गर्दै बलियो सुरुवात दिलाए । १६ औं ओभरमा कट बिहाइन्ड हुनुअघि विनोदले ४६ बलमा २ चौकाको मदतले २१ रन जोडे । अर्का ओपनर ज्ञानेन्द्र पनि ४४ रनमा पेभेलियन फर्किए । यो ओडीआईमा नेपालका लागि सुरुवाती जोडीले गरेको सर्वाधिक साझेदारी पनि हो ।
यस अघि नेदरल्यान्डसँग डेब्यूमा मल्ल र अनिल कुमार शाहले ५८ रनको साझेदारी गरेका थिए । लामो सट प्रहार गर्ने धुनमा ज्ञानेन्द्र जहुर खानको बलिङमा मिड अन क्षेत्रमा समातिए । उनले ६१ बलमा ४ चौका प्रहार गरे । यद्यपी सुरुवात राम्रो गरेको नेपालको मध्यक्रम भने केहि धराशायी देखियो । नेपालले सुरुवाती ५ विकेट ५२ रनको अन्तरमा गुमाएको थियो ।

चौथो नम्बरमा आएका दिपेन्द्रसिंह ऐरी अस्फाक अहमदको बलमा एलबीडब्लु आउट भए । उनले १२ बलमा २ चौकासहित १० रन जोडे । पाँचौ विकेटका रुपमा २७ औं ओभरमा इमरान हैदरले पवनसरार्फलाई ८ रनमा सिपी रिजवानको हातबाट क्याच गराए । पवन पनि ठूलो शट प्रहार गर्ने चक्करमा क्याच आउट भएका थिए । लगत्तै २९ औं ओभरमा कप्तान पारस खड्कालाई हैदरलेनै एलबी डब्लू आउट गर्दै २१ रनमा पेभिलिएन फर्काए ।
त्यसपछि छैटौं विकेटका लागि आरिफ शेख र रोहित कुमार पौडेलले ८२ रनको महत्वपूर्ण साझेदारी गर्दा नेपालले प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको हो । आरिफ ४५ ओभरको तेस्रो बलमा हैदरको एलबी डब्लूको सिकार हुनु अघि ४९ बलमा २ चौका सहित २९ रनमा आउट भए । त्यस्तै करण केसीले आक्रमक ब्याटिङ गर्दै ११ बलमा २ छक्का सहित १८ रनको योगदान दिए । सोमपाल कामी २ रनमा आउट हुँदा सन्दीप लामिछाने १४ र ललित नारायण राजवंशी ३ रनमा नट आउट रहे ।
यूएईका इमरान हैदर १० ओभरमा ५४ रन खर्चेर ३ विकेट लिए । अमिर हायतले पनि ३ विकेट हात पारे । कप्तान मोहमद नविद, जहुर खान र अस्फाक अहमदले समान १-१ विकेट लिए ।
पहिलो खेलमा ३ विकेटले पराजित भएको नेपालले सिरीज जित्ने आसा कायमै राख्न आजको खेल जित्नै पर्ने दबाब रहेको छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]