default_image

5 years ago

January 28, 2019

सन्दीप जोराले डेब्यु गर्दै

सुबास हुमागाईं, दुबई युवा ब्याट्सम्यान सन्दीप जोराले यूएईविरुद्ध सोमबार हुने खेलमा नेपाली क्रिकेट राष्ट्रिय टोलीबाट डेब्यु गर्ने भएका छन् । तीन खेलको ओडीआई सिरिज अन्तर्गत निर्णायक खेलमा सन्दीपले राष्ट्रिय टोलीका लागि पहिलोपटक खेल्ने भएका हुन् । निर्णायक ओडीआईको वार्म अप सेसनमा कप्तान पारस खड्काले सन्दीपलाई क्याप दिएका छन् । यससँगै सन्दीप नेपालको लागि ओडीआई खेल्ने […]

20 views

0 Bookmark

सुबास हुमागाईं, दुबई

युवा ब्याट्सम्यान सन्दीप जोराले यूएईविरुद्ध सोमबार हुने खेलमा नेपाली क्रिकेट राष्ट्रिय टोलीबाट डेब्यु गर्ने भएका छन् । तीन खेलको ओडीआई सिरिज अन्तर्गत निर्णायक खेलमा सन्दीपले राष्ट्रिय टोलीका लागि पहिलोपटक खेल्ने भएका हुन् ।

निर्णायक ओडीआईको वार्म अप सेसनमा कप्तान पारस खड्काले सन्दीपलाई क्याप दिएका छन् । यससँगै सन्दीप नेपालको लागि ओडीआई खेल्ने १९ औं खेलाडी भएका छन् । जारी सिरिजको पहिलो खेलमा विनोद भण्डारी, पवन सर्राफ र ललित नारायण राजवंशीले डेब्यु गरेका थिए । दोस्रो खेलमा टोलीमा कुनै खेलाडीले डेब्यु गरेनन् ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.