default_image

7 years ago

January 28, 2019

नेपालले टस जितेर फिल्डिङ रोज्यो, जोराको ‘डेब्यू’

129 views

0 Bookmark

सुबास हुमागाईं, दुबई

यूएईविरुद्ध जारी तीन खेलको ओडीआई सिरिजको तेस्रो तथा निर्णायक खेलमा नेपालले टस जितेर फिल्डीङ रोजेको छ । युवा ब्याट्सम्यान सन्दीप जोराले यूएईविरुद्ध सोमबार हुने खेलमा नेपाली क्रिकेट राष्ट्रिय टोलीबाट डेब्यु गर्ने भएका छन् ।

तीन खेलको ओडीआई सिरिज अन्तर्गत निर्णायक खेलमा सन्दीपले राष्ट्रिय टोलीका लागि पहिलोपटक खेल्ने भएका हुन् । निर्णायक ओडीआईको वार्म अप सेसनमा कप्तान पारस खड्काले सन्दीपलाई क्याप दिएका छन् । यससँगै सन्दीप नेपालको लागि ओडीआई खेल्ने १९ औं खेलाडी भएका छन् ।

जारी सिरिजको पहिलो खेलमा विनोद भण्डारी, पवन सर्राफ र ललित नारायण राजवंशीले डेब्यु गरेका थिए । दोस्रो खेलमा टोलीमा कुनै खेलाडीले डेब्यु गरेनन् । तेस्रो खेलमा पवन सर्राफको स्थानमा सन्दीप जोरा टोलीमा अटाएका हुन् ।

तेस्रो ओडीआईका लागि नेपाली टोली :

पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), विनोद भण्डारी (विकेटकिपर), दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, सन्दिप लामिछाने, ललित नारायण राजवंशी

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.