7 years ago
January 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान धनगढी प्रिमियर लिग (डिपीएल) –३ टोली विराटनगर किङ्सले विदेशी खेलाडीको रुपमा दुई भारतीय खेलाडीलाई अनुबन्धित गरेको छ ।

विराटनगरले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै भारतको प्रतिष्ठित प्रतियोगिता रन्जी ट्रफी खेलिसकेका प्रथम श्रेणी क्रिकेटर अभिनाश यादब र शिभकान्त शुक्लालाई टिममा अनुबन्ध गरेको उल्लेख गरेको छ । दुवै खेलाडीले रेलवेजको लागि भारतको प्रतिष्ठित रन्जी ट्रफी प्रतियोगिता खेलिसकेका छन् ।
३२ वर्षीय अभिनाश यादब बाँया हाते स्पिनर हुन् । उनले २५ प्रथम श्रेणी क्रिकेटमा ७६ विकेट लिईसकेका छन् । यस्तै ३३ वर्षीय शिभकान्त शुक्ला देब्रे हाते ब्याट्सम्यान हुन् । शिभकान्तले ८५ प्रथम श्रेणी क्रिकेटमा ४,१९८ रन बनाएका छन् ।
बिराटनगर किंग्सको रणनीतिक खेलाडीको रुपमा करन केसी छन् । टिमका अन्य खेलाडीमा आरिफ शेख, कुशल भुर्तेल, पृथु बास्कोटा, किशोर महतो, सुशन भारी, हरिशंकर शाह, मोहम्मद संसाद शेख, राजेश पुलामी मगर, अर्जुन अधिकारी, अमित गुरुङ, तृतराज दास र सुवास ऐर छन् ।
तेस्रो संस्करणको डीपीएल २६ माघबाट शुरु हुदैछ । प्रतियोगितामा विभिन्न ६ शहरका ६ फ्रेन्चाइज टोली सहभागी छन् । राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगिताको शीर्ष चार टोलीले प्ले अफमा स्थान बनाउनेछन ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]