default_image

5 years ago

February 1, 2019

नेपाल ‘गर या मर’ को अवस्थामा

दुबई (हाम्रो खेलकुद) – नेपाल र यूएईबीचको तीन टि–२० शृंखलाको दोस्रो खेल आज हुँदै छ । खेल नेपाली समय अनुसार दिउँसो २ः४५ देखी आईसीसी एकेडेमी मैदानमा सुरु हुनेछ । पहिलो खेलमा २१ रनले पराजित भएको नेपाल सिरीज जित्ने आसा कायमै राख्न आजको खेल जित्नै पर्ने हुन्छ । यता ओडीआई सिरीज २-१ ले गुमाएको यूएई लगातार […]

31 views

0 Bookmark

दुबई (हाम्रो खेलकुद) – नेपाल र यूएईबीचको तीन टि–२० शृंखलाको दोस्रो खेल आज हुँदै छ । खेल नेपाली समय अनुसार दिउँसो २ः४५ देखी आईसीसी एकेडेमी मैदानमा सुरु हुनेछ ।

पहिलो खेलमा २१ रनले पराजित भएको नेपाल सिरीज जित्ने आसा कायमै राख्न आजको खेल जित्नै पर्ने हुन्छ । यता ओडीआई सिरीज २-१ ले गुमाएको यूएई लगातार जित निकाल्दै एक खेल अगावै सिरीज जित्ने सुरमा छ ।

ओडीआई नतिजा दोहोर्याउने आशा

ओडीआई सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल १ सय १३ रनमा अलआउट हुँदा ३ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल १ सय ४५ रनको जित दर्ता गरेको नेपालले तेस्रो खेलमा २ सय ५५ रनको लक्ष्य पछ्याउँदै ऐतिहासिक सिरीज जित्यो । यस्तै नजिता टि-२० सिरीजमा पनि नेपालले दोहोराउने आसा गरिएको छ । पहिलो खेलमा खराव ब्याटिङ गरेको नेपाल त्यो गल्ति सुधार गर्दै आजको खेलमा उत्कृष्ट कमब्याक गर्न सक्ने अनुमान गरिएको छ ।

विनोद र भीम विकल्पमा

यूएई सिरिज ब्याटिङको पक्षमा पनि नेपालको लागि सुदृढ देखिएको छ । दोस्रो ओडीआईमा रोहित पौडेलले ५५ रन बनाउँदै सचिनको नाममा रहेको अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कान्छो खेलाडी रेकर्ड तोडे । त्यस्तै टि-२० क्रिकेटमा सन्दीप जोरा विश्वमै सर्वाधिक कान्छा अर्धशतक बनाउने खेलाडी बने। अनुभवी खेलाडीमा कप्तान पारसले तेस्रो ओडीआईमा प्रहार शतक प्रहार गर्दा अन्य ब्याट्सम्याने औसत प्रर्दशन गरेका छन् ।

त्यस्तै एकै पटक नेपाल टोलीमा पहिलो पटक परेका चार खेलाडीमध्य भीम सार्की बाहेक अभिनास बोहोरा, पवन सर्राफ र सन्दीप जोराले डेब्यू गरिसकेका छन् । पवन सरार्फले सुरुवाती दुई ओडीआईमा मौका पाउँदा राम्रो प्रर्दशन गर्न सकेनन् । टि-२० मा भने अभिनासले राम्रो बलिङ प्रदर्शन गरे ।

घरेलु लिग र यू-१९ मा उत्कृष्ट ब्याटिङ गर्दै सिनियर टोलीमा मौका पाएका भीम मध्यक्रम र दवावमा रन बनाउन माहिर छन् । नेपाली टोलीको मध्यम क्रममा देखि रहेको साझेदारीको अभाव र निरन्तर विकेट पतनको समस्या समधानको लागि भीम सहि विकल्प हुन सक्छन् । टि-२० फर्म्याटमा विनोद भण्डारी पनि आक्रामक विकल्प हुन सक्छन् । घरेलु प्रतियोगितामा विष्फोटक ब्याटिङको लागि चिनिने विनोदले ओडीआईमा ओपनरको भूमिका निर्वाह गरेका थिए । टि-२० मा मध्यक्रममा रनको गति बढाउन विनोद उचित विकल्प हुन सक्छन् ।

बलिङमा थप सुधार

बलिङमा नेपालले राम्रो सुरुवात गरेपनि अन्त्य राम्रो गर्न सकि रहेको छैन । नेपाली बलरले तेस्रो ओडीआईमा अन्तिम १० ओभरमा १ सय १४ रन खर्चे । त्यस्तै पहिलो टि २० खेलमा अन्तिम ३६ बलमा ४९ रन खर्चिएका थिए । यूएईका ब्याट्सम्यानले ओडीआईमा शतकीय र टि-२० मा अर्ध शतकीय साझेदारी गरेका छन् । साझेदारी तोड्न नसक्दा यूएईले अपेक्षा गरेभन्दा ठूलो योगफल खडा गर्दै आएको छ ।

आजको खेलमा नेपालले सुरुवात मात्र होइन अन्त्य पनि उत्कृष्ट गर्न सक्नुपर्छ । ठूलो साझेदारी बन्न दिनु हुदैन । विशेष गरेर सि.पि रिजवान, शाइमन अनवर, मोहम्मद उस्मान र मोहम्मद बूटालाई चाडैं पेभिलिएनको बाटो देखाउनु पर्छ ।

शीर्ष ब्याट्सम्यानको जिम्मेवारीपूर्ण ब्याटिङ

कुनै पनि टिमका शीर्ष ५ ब्याट्सम्यानले राम्रो रन बनाउन सक्दैनन् भने पक्कै त्यो टिमको जित दर्ता गर्ने सम्भावना निकै कम हुन्छ । नेपालले पहिलो ओडीआई र टि-२० हार्नुको मुख्य कारण पनि शीर्ष ब्याट्सम्यानले रन बनाउन नसक्नु हो ।

पेभेलियन फर्कंदै ज्ञानेन्द्र मल्ल

पहिलो टि-२० मा ज्ञानेन्द्र मल्ल, प्रदीप ऐरी, दिपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल र कप्तान पारस खड्काले बनाएको रन जोड्दा जम्मा ४० मात्र हुन्छ । शीर्षक्रमका पाँच ब्याट्सम्यानको जोडेर ४० रन होइन, एकै ब्याट्सम्यानले त्यो भन्दा बढि रन बनाउन सकेमात्र टिमको जितमा सहज हुन पुग्दछ । त्यसको लागि टप अडरका ब्याट्समयान जिम्मेवारीका साथ ब्याटिङ गर्न आवश्यक छ ।

April 23, 2024

मधेशको जित, कोशीको लगातार चौथो हार

काठमाडौं (हाम्रो खेलकुद) – कम योगफलको खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई २ विकेटले हराउँदै वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा तेस्रो जित हासिल गरेको छ। ९१ रनको सहज लक्ष्य मधेशले १७ .१ ओभरमा ८ विकेटको नोक्सानीमा पूरा गर्यो। लक्ष्य सहज थियो। तर मधेशले यो सामान्य लक्ष्य पुरा गर्न ८ विकेट गुमायो। ओपनर साहिल पटेल ११ […]

April 23, 2024

लगातार चौथो जितपछि बागमती शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – गौतम केसीले सानदार बलिङ गर्दै ५ विकेट लिंदा बागमती प्रदेशले कर्णाली प्रदेशमाथि वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा ७ विकेटको सहज जित निकालेको छ। बागमतीको जितमा गौतमको बलिङ नै प्रमुख बन्यो। बागमतीको यो लगातार चौथो जित हो र ८ अंक सहित शीषस्थानमा उक्लिएको छ। जितको लागि १ सय २१ रनको सहज […]

April 23, 2024

नेपालसँग खेल्ने वेस्ट इन्डिज ‘ए’ टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट टोलीसँगको ५ टि ट्वान्टी खेलका लागि वेस्टइन्डिज क्रिकेट बोर्डले सोमबार ‘ए’ टोली घोषणा गरेको छ । दुई पटकको टि ट्वान्टी विश्वकप विजेता वेस्ट इन्डिजको ए टोलीको कप्तानमा रोस्टन चेस छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा यी दुई टोलीबीच पहिलो खेल हुनेछ। सन् २०१६ मा वेस्ट इन्डिजले विश्वकप जित्दाका ब्याटर जोनसन चार्ल्स र […]

Success

Thank you for your time.