7 years ago
February 3, 2019
विनोदबाबु रिजाल
भरतपुर, २० माघ- अर्बौं बजेटमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेका अभियन्ता सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीलाई भरतपुरमा भव्य स्वागत गरिएको छ ।

भरतपुर विमानस्थलदेखि नै बाजागाजा र फूलमालासहित उनीहरुलाई रंगशाला निर्माणस्थलसम्म पु¥याइएको छ ।
बिहान साढे १० बजे भरतपुर विमानस्थल झरेका उनीहरुलाई सयौं समर्थकले फूलमाला र अबिरसहित स्वागत गरे । त्यसपछि भरतपुर महानगरपालिकाको संलग्नतामा ¥यालीसहित भरतपुर–१५ स्थित रंगशाला निर्माणस्थल पु¥याइएको थियो ।

त्यहाँ धुर्मुस–सुन्तली फाउण्डेसनका अध्यक्ष कट्टेल र भरतपुर महानगर प्रमुख रेनु दाहालले निर्माणस्थल लेखिएको बोर्ड उद्घाटन गरे । त्यसपछि हजारौं समुदायलाई उनीहरुले सम्बोधन गरे । सो क्रममा कट्टेलले भनिएकै समयमा रंगशाला बन्ने बताए । “यत्ति सम्झनुस्, रंगशाला सतप्रतित बन्यो”, उनले भने, “तपाईंहरुले गरेको सहयोग एक पैसा पनि तलमाथि हुन्न, सबै यहीं खर्च हुन्छ ।”
फाउण्डेसनका उपाध्यक्ष कुञ्जना घिमिरेले सारा नेपालीको एकताले नै अर्बौंको योजना आट्ने सासह मिलेको बताइन् । “एक छाक खाना सहयोग गर्नुस्”, उनले भनिन्, “त्यो पनि परेन, कुनै अम्मल लिने गर्नुभएको छ भने छुटाएर सहयोग गर्नुस्, रंगशाला बनिहाल्छ ।”

भरतपुर महानगर प्रमुख दाहालले भरतपुर महानगर र फाउण्डेसनको सहकार्यले तोकिएको समयमा रंगशाला बन्ने कुरामा ढुक्क हुन आह्वान गरिन् ।
डीपीआर सुरु
गत माघ १६ गते काठमाडौंबाट घोषणा गरिएको रंगशालाको निर्माणस्थलमा काम थालनी भएको छ । फाउण्डेसनका प्राविधिक टोलीले काम थालेका छन् । आइतबार फाउण्डेसन अध्यक्ष धुर्मुसले डोजर चलाएर काम प्रारम्भको सांकेतिक उद्घोष गरे । “अब फिल्डको काम सुरु भयो”, उनले भने ।
रंगशाला भरतपुरको कृषि वन तथा विज्ञान विश्वविद्यालयको जग्गामा निर्माण हुन लागेको हो ।

त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर–१५ को जग्गा कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको छ । २० विघा ६ कठ्ठा क्षेत्रफलमा रंगशाला बन्ने भएको हो ।
गुरुयोजना तयार भएको २ वर्षभित्र रंगशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गरिने फाउन्डेसनले जनाएको छ । रंगशाला निर्माणको लागत ३ अर्ब अनुमान गरिएको छ । देश–विदेशका नेपालीहरुबाट प्राप्त हुने स्वेच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइने फाउन्डेसनले जनाएको छ ।
मौलिक डिजाइनमा बन्ने रंगशाला कमल फूलको आकारमा निर्माण हुनेछ ।

December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]