default_image

7 years ago

February 3, 2019

नेपाल पहिले ब्याटिङ गर्दै, विनोद प्रदिपको स्थानमा

161 views

0 Bookmark

दुबई (हाम्रो खेलकुद) – जारी युएई विरुद्धको तेस्रो तथा निर्णायक टि-२० खेलमा युएले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । वर्षाका कारण खेल १० ओभरको हुने छ ।

आज पवन सर्रफ र पारस खड्काले नेपालको ओपनिङ गर्ने छन् । आज नेपालको सुरुवाती ११ मा केवल १ परिवर्तन रहेको छ ।

ओपनर प्रदिप ऐरीको स्थानमा विनोद भण्डारी रहेका छन् । पहिलो खेल युएईले जितेको थियो भने दोस्रो खेलमा नेपालले ४ विकेटको जित दर्ता गर्न सफल भएको थियो ।

नेपाली सुरुवाती ११:

ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, पारस खड्का (कप्तान), दिपेन्द्रसिंह ऐरी, सन्दिप जोरा, पवन सर्राफ , सोमपाल कामी, करण केसी, सन्दिप लामिछाने, ललित नारायण राजवंशी, अभिनाश बोहोरा

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.