7 years ago
February 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करणमा सहभागिता जनाउन आज काठमाडौं गोल्डेन्स टिमको बिदाई भएको छ । माघ २६ देखि सुरु हुने प्रतियोगिताका लागि गोल्डेन्स भोली धनगढीतर्फ लाग्ने छ ।

पछिल्लो संस्करणको उपविजेता रहेको काठमाडौं गोल्डेन्सका कप्तान ज्ञानेन्द्र मल्लले गत वर्षको जस्तै उत्कृष्ट प्रर्दशन गर्ने बताए । ‘ हामी गत वर्षका उप विजेता हौं । यस वर्ष पनि सोहि प्रर्दशन दोहोर्याउने र अझै राम्रो नतिजा हासिल गर्ने प्रयास गर्नेछौं । कसरी राम्रो क्रिकेट खेल्न सकिन्छ भनेर सोचि रहेका छौं । सबैको सोच गर्त वर्षको जस्तै उत्कृष्ट प्रर्दशन गर्ने छ,’ मल्लले भने ।
टोलीका प्रशिक्षक राजु बस्नेतले दुई भारतीय खेलाडी गौरव तोमर र अलराउन्डर अंकित दबास टोलीमा हुँदा राम्रो प्रर्दशन गर्ने बताए । काठमाडौं गोल्डेन्सका मालिका रमेश सिलवालले टिम सन्तुलन हुनुका साथै बलियो र अनुभवी रहेको हुँदा राम्रो नजिता दिने विश्वास राखे । राष्ट्रिय टिममा पछिल्लो समय राम्रो प्रर्दशन गर्दै आएका अफ स्पिनर ललित नारायण राजवंशी पनि काठमाडौंमै छन् ।

यसबाहेक टोलीमा अनिल कुमार साह, विक्रम भुसाल, राशिद खान, योगेन्द्रसिंह कार्की, नन्दन यादव, सोनु तामाङ, सुर्य तामाङ, मेहबुब आलम, सुधिर चौधरी, अभिनव यादव र विक्रम ठगुन्ना रहेका छन् । त्यस्तै विदेशी खेलाडीको रुपमा भारतीय गौरव तोमर र अलराउन्डर अंकित दबास रहेका छन् । यी दुबैको प्रारिश्रमीक ३५ सय डलर रहेको पनि काठमाडौंले जनाएको छ । प्रशिक्षक राजु बस्नेतले सम्हाल्ने छन् ।
गोल्डेन्सलाई प्रतियोगिताको लागि इस्लिङटन कलेजले मुख्य प्रायोजन गरेको छ । कार्यक्रममा इस्लिङटनका अध्यक्ष सुलभ बुढाथोकी र टोली मालिक सिलवालले सम्झौता पत्र आदान प्रदान गरे । गोल्डेन्सलाई एड्भान्स इन्जिनियरिङ कलेज र कस्मस कलेजले पनि प्रायोजन गर्नेछन् ।
राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्रको कप्तानीमा रहेको गोल्डेन्स दोस्रो संकरणमा धनगढी टिम चौराहसँग फाइनलमा २१ रनले पराजित हुँदै उपविजेतामा चित्त बुझाएको थियो । काठमाडौंले पहिलो खेल आगमी माघ २७ मा महेन्द्रनगर युनाइटेडसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]