7 years ago
February 7, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटा बिहीबार गृहनगरमा सम्मानित भएका छन् । टिकापुर नगरपालिकाले टमाटालाई ५१ हजार रुपैयाँसहित सम्मान गरेको हो ।

टिकापुर नगरपालिका मेयर टपेन्द्र रावल, प्रदेश ७ का सभासद रणबहादुर रावल र टिकापुरकी उप केशरी विष्टलगायतले टमाटालाई सम्मान गरेका थिए ।
टमाटाले यति लामो खेल जीवन र प्रशिक्षणपछि अहिले आफ्नो ठाँउमा सम्मानित हुन पाउँदा खुसी लागेको बताएका छन् । उनले आउने दिनमा पनि खेलाडीलाई यस्तो सम्मान हुनुपर्नेमा जोड दिएका छन् ।
टमाटाको नेतृत्वमा रहेको नेपाली टोलीले हालै मात्र संयुक्त अरब इमिरेट्ससँगको तीन एक दिवसिय र ३ टि ट्वान्टी क्रिकेट श्रृखंला समान २–१ ले जितेको थियो । क्रिकेट टोली स्वदेश फर्केको तीन दिनपछि टमाटा गृह नगरमा सम्मानित भएका हुन् ।
टमाटा लामो समयदेखि राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत क्रिकेटको मुख्य प्रशिक्षक समेत रहँदै आएका छन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]