default_image

7 years ago

February 8, 2019

कप्तान करणको अग्निपरिक्षा, विराटनगरको लक्ष्य प्लेअफ !

160 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करण शनिबारदेखि फाप्ला क्रिकेट मैदानमा सुरु हुँदैछ । फागुन ११ सम्म चल्ने प्रतियोगितामा सबै टोलीले आफ्नो तयारी सकेका छन् ।

यसपटक विराटनगर किंग्सको कप्तानी नेपाली टोलीका अलराउण्डर करण केसीले गर्नेछन् । विराटनगरले पहिलो खेल शनिबार धनगढी स्टार्ससँग खेल्ने छ । पहिलो पटक फ्रेन्चाइज लिगमा कप्तानी गर्न लागेका करणको यो अग्निपरिक्षा हुनेछ । उनले यसअघि पहिलो संस्करण सीवाई सी अत्तरिया र दोस्रो संस्करण महेन्द्रनगर युनाइटेडबाट खेलेका थिए ।

कागजमा हेर्दा विराटनगर टोली सन्तुलित छ । विराटनगर पहिलो संस्करणमा शरद भेषावकरको कप्तानीमा उपविजेता र दोस्रो संस्करणमा पारस खड्काले नेतृत्व गर्दा समूह चरणबाटै बाहिरिएको थियो । यस पटक विराटनगरको पहिलो लक्ष्य प्लेअफ पुग्ने हुनेछ ।

विराटनगरका तीन महत्वूर्ण खेलाडी :

करण केसी – विराटनगरले कस्तो प्रर्दशन गर्छ भने कुरा कप्तान करण केसीको निर्णय र प्रर्दशनमा धेरै भर पर्नेछ । करणले बलिङ,ब्याटिङका साथसाथै कप्तानी पनि उत्तिकै जिम्मेवारीपूर्ण ढंगले निर्वाह गर्नुपर्ने छ । पछिल्लो समय करणको प्रर्दशन गज्जवको छ । घरेलु फ्रेन्चाइज लिगसँगै गत साता सम्पन्न यूएईसँगको ओडीआई र टि २० सिरीजमा उनले उत्कृष्ट प्रर्दशन गरेका थिए । करणमाथि विराटनगरले विशेषत ओपनिङ बलिङ र तल्लोक्रममा विष्फोटक ब्याटिङको अपेक्षा राखेका छन् ।

शिभकान्त शुक्ला – भारतीय खेलाडी शुक्ला रन्जी ट्रफी प्रतियोगिता खेलिसकेका खेलाडी हुन् । ३३ वर्षीय शिभकान्तले ८५ प्रथम श्रेणी क्रिकेटमा ४,१९८ रन बनाएका छन् । विराटनगरले शुक्लाबाट ब्याटिङमा ठूलो आसा राखेको छ । विराटनगरलाई विजयी योगफलसम्म पुर्याउन शुक्लाले पृथु वाँस्कोटा, राजेश पुलामी, हरि शंकर शाहसँग मिलेर राम्रो रन बनाउने जिम्म्वारी निर्वाह गर्नेछन् ।

कुशल भुर्तेल – आक्रमक ब्याट्सम्यान भुर्तेलमाथि टोलीको ठूलोको आक्रमक पालीकोे विश्वास राखेको छ । टि–२० खेलमा एकै खेलमा पनि खेलले नयाँ मोड लिने हुँदा कुशलले तल्लो क्रममा आक्रमक ब्याटिङ गर्न सके विराटनगरले राम्रो लक्ष्य बनाउन सक्छ । त्यसो त उनले पछिल्लो समय ओपनरको भूमिका पनि निर्वाह गरेका छन् । उनले आफ्नो जिम्मेवारी वहन गरे विराटनगरले ब्याटिङमा रनको गतिबारे चिन्ता लिनु पर्दैन ।

त्यस्तै सुशन भारी र सम्साद शेखले स्पिनरको जिम्मेवारी सम्हाल्ने छन् । सम्भवत विराटनगरको लागि आशिफ शेख र हरिशंकर शाहले ओपनिङ गर्ने छन् । मध्यक्रम पृथु वास्कोटा,राजेश पुलामीको प्रर्दशन महत्वपूर्ण हुने छ । तीब गतिको बलिङमा करणलाई किशोर महतोले साथ दिनेछन् ।

विराटनगर टिम :
करण केसी (कप्तान), कुशल भुर्तेल, पृथु बास्कोटा, किशोर महतो, मोहम्मद सम्साद शेख, राजेश पुलामी, आशिफ शेख, हरिशंकर शाह, सुशन भारी,अमृत गुरुङ, तृतराज दास, अर्जुन अधिकारी, सुवास ऐर, अभिनाश यादब (भारत), शिभकान्त शुक्ला (भारत)

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.