default_image

7 years ago

February 8, 2019

बलियो महेन्द्रनगरको पहिलो उपाधि जित्ने दाउ !

182 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – सर्वाधिक धनराशी पुरस्कारसहित धनगढी प्रिमियर लिग (डिपिएल) को तेस्रो संस्करण माघ २६ देखी फागुन ११ गतेसम्म फाप्ला क्रिकेट मैदानमा हुँदैछ ।

महेन्द्रनगर युनाइटेड

सधैंझैं डिपिएलमा ६ शहरका ६ फ्रेन्चाइज टोली रहेका छन् । सबै टोलीले उपाधि जित्ने लक्ष्य सहित आफ्नो तयारी अन्तिम चरणमा पुर्याएका छन् । डिपिएलको विजेताले ३० लाख प्राप्त गर्दा उप विजेताले १२ लाखमा चित्त बुझाउनु पर्ने हुन्छ । तेस्रो स्थानमा रहनेले ४ र चौथो हुनेले २ लाख पाउने छन् । त्यस्तै कागजमा हेर्दा महेन्द्रनगर फ्रेन्चाइज लिग मध्यको सर्वाधिक बलियो टिम हो । स्टार खेलाडी र शरदको कप्तानीमा रहेको महेन्द्रनगर पहिलो उपाधि जित्ने सोचमा रहेको छ ।

महेन्द्रनगरका तीन महत्वपूर्ण खेलाडी

शरद भेषावकर – नेपाली घरेलु लिगमा शरद सर्वाधिक सफल कप्तान मानिन्छन् । शरदले कप्तानी सम्हालेको टिम फाइनल नपुगेको रेकर्ड बिरलै छ। उनी भूमिकाको हिसाबले मध्यक्रमका भरपर्दा ब्याट्समयान समेत हुन् । भिटिमीन डि को कमिको कारण यूएई टुर गुमाएका शरदले यसै प्रतियोगिता मार्फत आफु फिट भएको प्रमाणित गर्नेछन् । शरदको कप्तानी साथै मिडिल अडरमा राम्रो ब्याटिङको आसा आम क्रिकेट फ्यानले आसा गरेका छन् । उनले बेलाबेलामा स्पिन बलिङ पनि गर्ने गर्दछन् । शरदले दवावमा पनि रन बनाउन माहिर छन् ।

मोहम्मद नाविद – तीब्र गतिका नाविद यूएईका कार्यकारी कप्तान र उत्कृष्ट बलर हुन् । नेपालसँगको ओडीआई र टि२० सिरीजमा उत्कृष्ट प्रर्दशन गरेका थिए । नाविदले ईपीएलमा १२ विकेट लिंदै सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए भने पिपिएलमा पोखरा पल्टनलाई उपाधि दिलाउन सानदार प्रर्दशन गरेका थिए । नेपालसँगको ओडीआई र टि२० सिरीजमा यूएईको कप्तानी गर्दै सानदार बलिङ गरेका थिए । मोहम्मदको उत्कृष्ट बलिङमा विपक्षी टोली सस्तैमा समेटीन सक्ने छन् ।

अभिनास बोहोरा –  केहि दिन अघि यूएई टुरमा उत्कृष्ट प्रर्दशन गरेका अभिनास बोहोरा महेन्द्रनगरका लागि नायक सावित हुन सक्छन् । यूएईसँगको टि २० सिरीजको म्यान अफ द सिरीज घोषित अभिनाशले उत्कृष्ट लयमा छन् । यूएई टूरमा उत्कृष्ट प्रर्दशन गरेका बोहोराको मनोबल पनि उच्च छ । त्यसैले विपक्षी ब्याट्सम्यानलाई उनको योर्कर खेल्न पक्कै सहज हुने छैन ।

त्यस्तै यूएई टुरमा अर्धशतक प्रहार गर्दै सचिनको रेकर्ड तोड्ने युवा रोहितकुमार पौडेल पनि महेन्द्रनगरमै छन् । रोहित र आरिफ शेखले राष्ट्रिय टोलीमा झैं मध्यक्रम सम्हाल्ने छन् । सिद्धान्त लोहनी पनि यसै प्रतियोगिताबाट उत्कृष्ट प्रर्दशन गर्दै आफ्नो स्टार सिद्ध पार्न चाहान्छन् । सिद्धान्तबाट धेरैले यसपटक आशा राखेका छन् ।

कुशल मल्लले मध्यक्रममा ब्याटिङ गर्ने छन् । सागर ढकाल र साहव आलम पछिल्लो समय उत्कृष्ट स्पिन बलिङ गर्दै आएका छन् । अमरसिंह राउटेलाले घरेलु लिगमा राम्रो अलराउण्डरको रुपमा छाप छाडेका छन् । खेलाडीको रुपमा हेर्दा महेन्द्रनगर सबैभन्दा बलियो टिम देखिन्छ । त्यसैले पनि उपाधिको दावेदार टोलीको रुपमा लिइएको छ ।

महेन्द्रनगरको टोली :
शरद भेषवाकर (कप्तान), आरिफ शेख, रोहित कुमार पौडेल, अविनाश बोहरा, अमरसिंह राउटेला, सागर ढकाल, सिद्धान्त लोहनी, दिलिप नाथ, शाहब आलम, कुशल मल्ल, दिपेन्द्र चन्द, सन्तोष भट्ट, सुशील खड्का, मोहम्मद नाविद (यूएई)

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.