7 years ago
February 8, 2019
धनगढी (हाम्रो खेलकुद)– घरेलु फ्रन्चाइज लिग मध्ये सर्वाधिक पुरस्कार राशीको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) ३ दुई दिन पछिका लागि सरेको छ । वर्षाका कारण कारण मैदान खेल्न योग्य नभएपछि शनिबारको सट्टा अब सोमबार प्रतियोगिता सुरु हुनेछ ।

फाइनल भने पूर्व निर्धारित मिति फागुन ११ गते नै हुने आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए) ले जनाएको छ । फाप्ला क्रिकेट मैदानमा फागुन २८ गते पहिलो खेल काठमाडौं गोल्डेन्स र धनगढी स्टार्सबीच हुने छ ।
सोही दिन दोस्रो खेलमा महेन्द्रनगर युनाइटेड र रुपेन्देही च्यालेन्जर्सबीच हुनेछ । राउण्ड रविनको आधारमा हुने खेलमा शिर्ष चार टोली प्ले अफ पुग्ने छन् । पहिलो प्ले अफ फागुण ८ गते हुने छ । तेस्रो र चौथो स्थानमा रहेका टोलीबीच एलिमिनेटर खेल फागुन ९ गते हुने छ ।
दोस्रो क्वालिफायर खेलमा एलिमिनेटरको विजेता र पहिलो क्वालिफायरको पराजित टोलीबिच फागुन १० गते हुने छ । विजेता टोली पहिलो क्वालिफायरको विजेतासँग फागुन ११ गते उपाधिको लागि भिड्ने छ ।

डसिएले शुक्रबारमात्र सहभागी ६ टोलीका कप्तानको सहभागितामा डिपिएलको ट्रफी सर्वाज्निक गरेको थियो । प्रतियोगिताका गुडविल एम्बेसेडर जोन्टी रोड्स र डिसिएका का अध्यक्ष सुवास शाहीले ट्रफी अनावरण गरेका थिए । यसपटकको डिपिएल विजेताले ३० लाख रुपैयाँ पाउनेछ । प्रतियोगितामा कुल ६० लाख रुपैयाँ पुरस्कार राशी राखिएको छ ।
प्रतियोगिताको गोल्डस्टार मोष्ट भेल्युवल प्लेयरले गोल्डस्टार सुनको जुत्ता पाउनेछन् । प्रत्येक खेलको नबिल बैंक म्यान अफ द म्याचलाई १५ हजार, म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत उचित पुरस्कार पाउने बताइएको छ । डिपिएल ३ मा झन्डै ५ करोड खर्च हुने आयोजकको अनुमान छ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]