7 years ago
February 13, 2019
धनगढी (हाम्रो खेलकुद) – भारतीय खेलाडी अंकित दबासको अलराउन्ड प्रदर्शनमा काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाइटेडलाई ७ रनले पराजित गर्दै तेस्रो रुस्लान धनगढी प्रिमियर लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ । खेलमा निर्णायक भूमिका खेलेका अंकित लगातार दोस्रो खेलमा म्यान अफ द म्याच भए ।

काठमाडौंले प्रस्तुत गरेको १ सय ३५ रनको लक्ष्य पछ्याएको महेन्द्रनगरले २० ओभरमा ८ विकेट गुमाउदै १ सय २७ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा जितको लागि महेन्द्रनगरलाई १२ रन चाहिएको थियो । तर योगेन्द्रसिंह कार्कीले ५ रन खर्चेर १ विकेट लिएपछि काठमाडौंको लगतार दोस्रो जित हात पारेको हो । महेन्द्रनगरका लागि अमर सिंह राउटेलाले २७ बलमा २ चौका प्रहार गर्दै २८ रनमा अविजित रहे ।
महेन्द्रनगरलले पहिलो ओभरको दोस्रो बलमै ओपनर मोहम्मद नाविदलाई गुमायो । नन्दन यादवले नाविदलाई बाल्ड गरे । दोस्रो ओभरको चौथो बलमा राशिद खानले अर्का ओपनर दिलिप नाथलाई एलवी डब्लूको धरापमा पार्दै १ रनमा पेभिलिएन फर्काए ।
पाँचौ ओभरको तेस्रो बलमा आक्रमक रुपमा ब्याटिङ गर्न खोजि रहेका आरिफ शेखलाई ललिलत नारयण राजवंशीले १८ रनमा क्याच आउट गराए । विक्रम भुषालको हातबाट क्याच हुनु अघि आरिफले १० बलमा २ छक्का र १ चौका प्रहार गरे । चौथो विकेटका रुपमा आनन्दले १५ रन जोड्दै पेभिलिएन फर्के । १० औं ओभरको तेस्रो बलमा अंकित दवासले क्याच आउट गराउनु अघि कप्तान शरद भेषवाकर २४ बलमा ३ चौका सहित २३ रन जोडे । महेन्द्रनगरको विकेट पतन निरन्तर जारी रह्यो ।
छैटौं विकेटका रुपमा कुशल मल्ल ६ रनमा आउट भए । सातौ विकेटको रुपमा रोहित कुमार पौडेल १० रनमा आउट भए । रोहित र मल्ल दुबैलाई राशिद खानले विकेटकीपर अनिल कुमार शाहबाट क्याच गराउँदै पेभिलिएन फर्काएपछि महेन्द्रनगर १३ ओभरमा ८६-७ को कमजोर अवस्थामा पुगेको थियो । सिद्धान्त ९ रनमा आउट भए ।
काठमाडौंका लागि राशिद खानले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । त्यस्तै अंकित दवासले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । ललितनारयण राजवंशीले र नन्दन यादवले समान एक एक विकेट आफ्ना् नाममा लेखाए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले अंकित दबासको उत्कृष्ट ब्याटिङसँगै निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३४ रन जोड्यो । दुवै ओपनर पेभेलियन फर्केपछि दोस्रो ओभरमा क्रिजमा आएका अंकितले नट आउट ६५ रन जोडे । उनले ५५ बलमा ५ चौका र ३ छक्का प्रहार गरे ।

अंकितले योगेन्द्रसिंह कार्कीसँग मिलेर छैटौं विकेटका लागि अन्तिम ७ ओभरमा नटआउट ७६ रनको साझेदारी गरे । योगेन्द्रले १४ बलमा १ चौका र १ छक्का प्रहार गर्दै २२ रन जोडेर राम्रो साथ दिए । यी दुईको उत्कृष्ट साझेदारीले काठमाडौंले जारी प्रतियोगिताको सर्वाधिक योगफल खडा गर्न सफल रहयो ।
काठमाडौंले खराब सुरुवातलाई निरन्तरता दिंदै दुवै ओपनरलाई सुरुवाती दुई ओभरमा गुमाएको थियो । अनिलकुमार शाह पहिलो ओभरको अन्तिम बलमा ६ रन जोड्दै मोहमद नविदको बलमा एलबीडब्लु भए । लगत्तै दोस्रो ओभरको पाँचौ बलमा अभिनाश बोहोराले गौरव तोमरलाई १ रनमा बोल्ड गरे ।
कप्तान ज्ञानेन्द्र मल्लले सम्हालिएर खेल्ने प्रयास गरेपनि १४ रन जोडेको स्थितिमा सातौं ओभरमा सागर ढकालको बलमा कट बिहाईन्ड भए । अमरसिंह राउटेलाले १३ औं ओभरको दोस्रो बलमा महबुब आलम र छैटौं बलमा सोनु तामाङलाई बोल्ड गरेपछि काठमाडौं ५८-५ को कमजोर अवस्थामा पुगेको थियो । आलमले १९ बलमा २ चौका सहित १३ रन जोड्दा सोनु १ रनमा आउट भए ।
महेन्द्रनगरका लागि अमरले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । अभिनास बोहोरा,सागर ढकाल र मोहम्मद नाविदले समान एक-एक विकेट लिए ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]