default_image

10 years ago

April 22, 2016

हैदरावादको फराकिलो जित, वार्नर र धवनको ठूलो साझेदारी

129 views

0 Bookmark

राजकोट (एजेन्सी)- ओपनरद्धय डेभिड वार्नर र शिखर धवनले अविजित साझेदारी गरेपछि इन्डियन प्रिमियर लिग (आइपिएल) मा बिहीबार सनराइजर्स हैदरावादले गुजराज लाइन्सलाई १० विकेटले हराएको छ ।
वार्नर र धवन दुवैले अर्धशतक बनाउँदै १ सय ३७ रनको साझेदारी गरेपनि टोलीले १४.५ ओभरमा जित हासिल गरेको थियो । त्यस अघि टस हारेर ब्याट्गिको निम्तो पाएको गुजराजले ८ विकेट गुमाएर १ सय ३५ रन बनाएको थियो । हैदारावादको यो लगातार दोस्रो जित हो भने ४ खेलमा गुजरातको पहिलो हार हो ।

 हैदरवादका डेभिड वार्नर र शिखर धवन जितपछि अंकमाल गर्दै ।

हैदरवादका डेभिड वार्नर र शिखर धवन जितपछि अंकमाल गर्दै ।

अघिल्लो खेलमा अविजित ९० रन बनाएका वार्नरले गुजराजविरुद्ध अविजित ७४ रन बनाए । ४८ बल खेलेका उनले ९ चौका प्रहार गरेका थिए । फर्ममा फर्केको संकेत दिने क्रममा धवनले ४१ बलमा ५ चौकाका साथ ५३ रन जोडे ।
त्यसअघि गुजराजलाई सस्तैमा समेट्ने क्रममा म्यान अफ दी म्याच भूवनेश्वर कुमारले ४ ओभरमा २९ रन दिएर ४ विकेट लिएका थिए । बारिन्डर स्रान, मुस्ताफिजुर रहमान र विपुल शर्माले समान १ विकेट लिए । गुजराजका लागि कप्तान सुरेश रैना बाहेक अन्यले खासै उल्लेख प्रदर्शन गर्न सकेनन् । उनले ५१ बलमा ९ चौकासहित ७५ रन बनाए । ब्रान्डन म्याकलमले १८ र रविन्द्र जडेजाले १४ रन बनाउनु बाहेक अन्यसबै दोहोरो अंकमा रन बनाउनुअघि नै आउट भए ।

कोलकाता नाइट राइडर्स ६ अंकसहित शीर्षस्थानमा छ । समान अंकको गुजरात दोस्रामा छ । तेस्रो दिल्ली डेरडेभिल्स, चौथो हैदरवाद, पाँचौं मुम्बई इन्डियन्सको समान ४ अंक छ । २ अंक जोडेका राइजिड् पुने सुपर जाइन्ट्स, रोयल च्यालेन्जर्स बैंगलोर र किड्स ११ पन्जाब क्रमश ः छैटौं, सातौं र आठौं स्थानमा छन् । आइपिएलमा शुक्रबार पुने र बैंगलोरबीच खेल हुनेछ ।

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

Success

Thank you for your time.