default_image

7 years ago

February 16, 2019

डिपिएलमा आज खेल हुने संभावना न्युन,घाटा धनगढीलाई!

126 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – सर्वाधिक धनराशीको तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल)को शनिबार (आज) हुने दुवै खेल वर्षाको कारण मैदानमा पानी जम्दा नहुने पक्का पक्कि जस्तै भएको छ ।

शुक्रबार विहान, दिउँसो र बेलुका लगातार पानी परेपछि फाप्ला क्रिकेट मैदानको अधिकांश भागमा पानी जमेको छ । नयाँ मैदान भएको हुँदा पनि अघिकांश ठाउँ गिलो छ । आयोजकसँग पानी सुकाउने कुनै आधुनिक प्रविधि नहुँदा घाममा नै निर्भर हुनुपर्ने हुँदा आज खेल नहुने उच्च संभावना रहेको छ । तर यस बारे आयोजकले भने कुनै आधिकारी धारणा सार्वजनिक गरेको छैन । त्यस्तै आइतबारको खेल पनि प्रभावित हुने संभावना देखिन्छ ।

आज पहिलो खेलमा काठमाडौं गोल्डेन्स र विराटनगर किंग्स खेल्ने तालिका रहेको छ । त्यस्तै दोस्रो खेलमा महेन्द्रनगर युनाइटेड र धनगढी स्टार्सबीच प्रतिसप्रर्धा हुने छ । तर मैदानको अवस्था हेर्दा खेल हुने संभावना भने देखिदैन । जारी डिपिएलमा काठमाडौं गोल्डेन्सले सुरुवाती दुबै खेलमा जित निकालेको छ । पहिलो खेलमा धनगढीलाई ४ विकेटले हराएको काठमाडौं दोस्रो खेलमा महेन्द्रनगरलाई ७ रनले पराजित गरेको थियो । काठमाडौं आजको खेलमा अंक बाँडे दुई खेल अगावै प्ले अफमा पुग्ने छ ।

त्यस्तै सुरुवाती तीन खेलमा १ खेलमा जित,१ मा हार र साथै महेन्द्रनगरसँगको खेलमा अंक बाडेंको विराटनगरलाई प्ले अफमा स्थान बनाउन आजको खेल जित्नै पर्ने दवाव छ । विराटनगर पहिलो खेलमा रुपन्देहीसँग ५ विकेटले हारेको थियो । दोस्रो खेलमा भने धनगढीलाई २१ रनले हराएको थियो ।

आजको दोस्रो खेलमा धनगढी र महेन्द्रनगर भिड्ने छन् । आज खेल नहुँदा घाटा धनगढीलाई पुग्ने छ । धनगढीले सुरुवाती तीनै खेल खेल हारेको छ । यो अवस्थामा आजको खेल नहुँदा साविक विजेता धनगढी समुह चरणबाटै बाहिरिने पहिलो टिम बन्ने छ । त्यस्तै दुई खेलमा हार र १ खेलमा अंक बाँडेको महेन्द्रनगको अंक गणितीय आसा भने बाँकी रहने छ ।

सीवाईसी अत्तरिया सुरुवाती २ खेलमा दुईमानै जित निकाल्दै ४ अंकका साथ शिर्ष स्थानमा छ । काठमाडौं पनि दुबै खेलमा जितका साथ दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको रुपन्देहीले ३ खेलमा २ मा जित र १ मा पराजित भएको छ । ३ खेलमा समान १ मा जित र हारका साथ ३ अंक जोड्दै विराटनगर चौथो स्थानमा रहेको छ । महेन्द्रनगर ३ खेलमा दुई मा पराजित र १ मा अंक बाड्दै पाँचौ स्थानमा रहँदा सुरुवाती तीनै खेल हारेको धनगढी अंक विहिन हुँदै पुछारमा छ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.