default_image

10 years ago

April 25, 2016

आइसिसीले क्यानलाई निलम्बन गर्यो

148 views

0 Bookmark

काठमाडौं -नेपाल र नाबियाबीच विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गतका दुईवटा खेल भएको एक साता नवित्दै अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेको छ । नामिबियाविरुद्ध वैशाख ४ र ६ गते कीर्तिपुरमा भएको दुई खेलमा नेपाल विजयी भएको थियो ।

आइसिसी पदाधिकारी ।

आइसिसी पदाधिकारी ।

नेपालमा निर्वाचित र तदर्थ गरि दुई क्यानको विवादका कारण आइसिसीलाई निलम्बन गर्ने बलियो तर्क मिलेको थियो । यूएइमा सम्पन्न आइसिसी बोर्ड बैंठकले क्यानलाई निलम्बन गर्ने निर्णय गरेको हो । आधिकारिता विवाद अदालतमा रहेको र हाल क्यान नेतृत्वविहिन हरेको भन्दै आइसिसीले आर्टिक २.९ अनुसार क्यानलाई निलम्बन गरेको हो ।
क्यानको साधारण सभाले मंसिर २९ गते चतुरबहादुर चन्दको अध्यक्षतामा कार्यसमिति चयन गरेको थियो । त्यो निर्वाचनलाई मान्न नसकिने भन्दै राष्ट्रिय खेलकुद परिषद (राखेप)ले पुस २४ गते रमेश सिलवालको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन गरेको थियो । त्यसको केही दिनपछि निर्वाचित कार्यसमितिले तदर्थ समिति, राखेपलगायतविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दा सर्वोच्चमा विचाराधिन छ ।

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

Success

Thank you for your time.