10 years ago
April 25, 2016
काठमाडौं – झन्डै पाँच महिनाअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) माथि गरेको हस्तक्षेपलाई अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले अस्वीकार गरेको छ । आफु मातहत रहेको क्यानलाई निर्वाचन गर्नु भन्दा विवादमा पार्न राखेप उद्दत रहँदै आएको छ ।
मंसिर २९ गते साधारण सभामार्फत चतुरबहादुर चन्दको नेतृत्वमा कार्यसमिति चयन भएको थियो । त्यो साधारण सभालाई सम्पन्न हुन सहयोगी भन्दा पनि राखेपले अवरोध पुर्याउन भूमिका निर्वाह गरेको थियो । त्यो निर्वाचनलाई विधान विपरित भन्दै राखेपले पुस २५ गते रमेश सिलवालको अध्यक्षतामा तदर्थ समिति गठन गरेको थियो । निर्वाचित क्यानले राखेप, तदर्थ समितिविरुद्धको सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेकै अवस्थामा क्यान नेतृत्व विहिन रहेको भन्दै आइसिसीको क्यानलाई निलम्बन गर्ने निर्णय गरेको छ ।
आइसिसीले क्यानलाई निलम्बन गरेपछि क्यानले पाउँदै आएको आर्थिक सहयोग रोक्का हुनेछ । आन्तरिक विवादका कारण देखाउँदै आइसिसीले विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपाल र नामिबियाबीचको वैशाख ४ र ६ गते आफ्नै सक्रियातामा आयोजना गरेको थियो । विश्व क्रिकेट लिग च्याम्पियनसिप आयोजनामा राखेपसँग सहकार्य रहेकोले एक साता नबित्दै क्यानका बारेमा निर्णय लिने क्रममा सरकारी हस्तक्षेप मान्य नहुने बताएको छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]