default_image

10 years ago

April 25, 2016

नेपालले आइसिसीका प्रतियोगिता भने खेल्न पाउने

156 views

0 Bookmark

काठमाडौं- अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेपनि नेपाली क्रिकेट टोलीले भने अन्तराष्ट्रिय क्रिकेट खेल्न पाउने बताइएको छ । आन्तरिक विवादमा रुमलिएको नेपाली क्रिकेटको सर्वोच्च निकायमा सरकारी हस्तक्षेप भएको उल्लेख गर्दै आइसिसीले क्यानलाई निलम्बन गरेको थियो ।

images
हाल नेपाली क्रिकेट टोलीले८ राष्ट् सम्मिलित आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा भाग लिइ रहेको छ । सोही च्याम्पियनसिपअन्तर्गत कीर्तिपुरमा बैशाख ४ र ६ नामिबियाविरुद्धका दुवै खेल नेपालले जितेको थियो । त्यहि खेलका दौरान निर्वाचित र राखेपले गठन गरेको तदर्थ दुवैलाई वेवास्ता गर्दै आइसिसीले राखेपसँगको सहकार्य भन्दै आफै आयोजना गरेको थियो । त्यहा देखि नै आइसिसी क्यानप्रति अनुदार रहँदै आएको थियो । निर्वाचित र तदर्थ गरि दुई अलग अलग अस्तित्व र सर्वोच्च अदालतमा आधिकारिताको विवाद विचाराधिन रहेकोले पनि आइसिसीले क्यानमाथि कारवाही गरेको छ ।
विश्व क्रिकेट लिग च्याम्पियिनसिप अन्तर्गत नेपालले स्कल्यान्ड र पपुवा न्युगिनीसँगका ४ खेल गुमाइसकेको थियो । च्याम्पियनसिपमा अझै नेपालले ८ खेल खेल्न बाँकी छ ।
नेपाल क्रिकेटको दिगो विकास र तत्कालको प्रशासनिका कामका लागि नेपाली क्रिकेट समूदाय र अन्य सरोकाराहरुसँग सहकार्य गर्दै अघि बढ्ने पनि आइसिसीले प्रष्ट पारेको छ ।

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

Success

Thank you for your time.