default_image

7 years ago

March 3, 2019

फाइनलमा चितवन र बारा भिड्ने

150 views

0 Bookmark

विनोदबाबु रिजाल, भरतपुर

१६ औं मेयर्स चितवन च्याम्पियनसीप ट्रफीको फाइनलमा चितवन र बारा भिड्ने भएका छन् । समूह चरणको अन्तिम खेलमा चितवन क्रिकेट क्लब र कलैया क्रिकेट क्लबले आ-आफ्नो खेल जित्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।

आइतबारको पहिलो खेलमा चितवनले धनगढी क्रिकेट एकेडेमीलाई ५ विकेटले पराजित ग¥यो । पहिले ब्याटिङ गरी धनगढीले दिएको १३४ रनको लक्ष्य चितवनले १७ ओभरमा ५ विकेट गुमाएर पूरा ग¥यो । धनगढीले १८ ओभरमा झारिएको इनिङमा ८ विकेट गुमाएर १३३ रन बनाएको थियो । उसका लागि राजु रिजालले ६२ रनको योगदान दिए । जवाफमा आएको चितवनका लागि आकाश थापाले ६७ रनको नटआउट पारी खेलेर टिमलाई जित दिलाए । उनी म्यान अफ दी म्याच बने ।

दोस्रो खेलमा कलैयाले काठमाडौंको ग्रेट हिमालयन क्रिकेट एकेडेमीलाई २६ रनले हरायो । पहिले ब्याटिङ गरी कलैयाले दिएको १६८ रनको लक्ष्य पछ्याएको ग्रेट हिमालयनले १९.३ ओभरमा अलआउट हुँदै १४१ रनमात्रै बनाउन सक्यो । खेलको म्यान अफ दी म्याच बनेका अमित श्रेष्ठलाई धुर्मुस–सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले ट्रफी हस्तान्तरण गरे ।

चितवन क्रिकेट संघले भरतपुर महानगरपालिकासँगको सहकार्यमा आयोजना गरेको प्रतियोगिताको फाइनल सोमबार बिहान १० बजे हुनेछ । जित्ने टोलीले नगद १ लाख तथा उपविजेताले ५० हजारसहित ट्रफी पाउने छन् ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.