default_image

10 years ago

April 25, 2016

पञ्जाब फेरी हार्यो, मुम्बईका पटेल र रायडुको अर्धशतक

167 views

0 Bookmark

चन्डिगढ- पार्थिव पटले र अम्बाटी रायडुको शतकिय साझेदारी तथा बलरहरुको किफायती बलिड्बाट प्रेरित मुम्बई इन्डियन्सले सोमबार इन्डियन प्रिमियर लिगमा किड्स ११ पञ्जाबलाई २५ रनले हराएको छ ।

मुम्बई इन्डियन्सका अम्बाटी रायडुलाई अर्धशतक पुरा गरेपछि बधाई दिदै पार्थिव पटेल (दायाँ) ।

मुम्बई इन्डियन्सका अम्बाटी रायडुलाई अर्धशतक पुरा गरेपछि बधाई दिदै पार्थिव पटेल (दायाँ) ।

टस हारेर पाएको ब्याटिड्को मौकालाई पुरापुर उपयोग गर्ने क्रममा पटेल र रायडुले दोस्रो विकेटका लागि १ सय ३७ रनको साझेदारी गरेपछि मुम्बईले ६ विकेटको क्षेतिमा १ सय ८९ रन बनाएको थियो । जवाफमा पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर १ सइ ६४ रन मात्र बनाउ सक्यो । पञ्जाबलाई लक्ष्यमा पुग्न नदिनेमा जसप्रित बुमरा, मिचेल म्याक्लिघान र टिम साउथीको महत्वपूर्ण भुमिका रह्यो । ४ ओरमा बुमराले ३ तथा म्याक्लिघान र साउथीले समान २ विकेट लिए । पञ्जावका लागि ग्लेन म्याक्सवेलले अर्धशतक पुरा गरे । ३९ बलमा उनले ५ चौका र १ छक्कासहित ५६ रन बनाए । सन मार्सले ४५, डेभिड मिलरले ३० तथा मुरली विजयले १९ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो संख्याको रनमा पुग्न सकेनन् ।
त्यसअघि कप्तान समेत रहेका रोहित शर्मा (०) पहिलो ओभरमै आउट भएपनि अर्का ओपनर पटेल र रायडुले पारी सम्हालेका थिए । पटेल र रायडु दुवैले अर्धशतक पुरा गरे । ५८ बलमा म्यान अफ दी म्याच समेत बनेका पटेलले १० चौका र २ छक्काको मद्दतमा सर्वाधिक ८१ रन बनाए । रायडुले ३७ बलमा ४ चौका र त्यत्तिनै छक्कामा ६५ रन बनाए । जोस बटलरले २४ र किरोन पोलार्डले १० रन बनाए । मुम्बई ६ अंकका साथ पाँचौ स्थानमा उक्लेको छ । ६ अंककै दिल्ली डेर डेभिल्स तेस्रो र सनराइजर्स हैदरावाद चौथो स्थानमा छ । समान ८ अंक बटुलेका कोलकाता नाइट राइडर्स शीर्ष र गुजराज लायन्स दोस्रो स्थानमा छ । पञ्जाब २ अंकका साथ पुछारमा छ । २ अंककै राइजिड् पुने सुपर जाइन्ट्स सातौं तथा रोलय च्यालेन्जर्स बैंगलोर (४) छैटौं स्थानमा छ । आइपिएलमा हैदरावाद र पुनेबीच प्रतिस्पर्धा हुनेछ ।

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

Success

Thank you for your time.