7 years ago
March 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा खेलाडीद्वय रोहित कुमार पौडेल र आरिफ शेख नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसिसी) को ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् ।

बैंकले युवा खेलाडीद्वय रोहित र आरिफलाई दुई वर्षको लागि ब्रान्ड एम्बासडरमा नियुक्त गरेको हो । बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपाने र खेलाडीहरु स्वयंले हस्ताक्षर गर्दै सम्झौता पत्र आदान प्रदान गरे । सम्झौताअनुसार दुवै खेलाडीले मासिक २५ हजार रुपैयाँका दरले दुई वर्षमा ६ लाख रुपैयाँ पाउने छन् ।
रोहितको यो पहिलो अनुबन्ध हो । आरिफलाई भने एनआईसी बैंकले यसअघि दुई वर्षको अनुबन्ध गरेको थियो । रोहित र आरिफले पछिल्लो समय नेपाली राष्ट्रिय टोलीमा महत्त्वपूर्ण सदस्यको स्थान बनाएका छन् ।
नियुक्तिपछि आरिफ र रोहित दुवैले एनसीसी बैंकलाई धन्यवाद दिए । एभरेष्ट प्रिमियर लिग (ईपीएल) का प्रबन्ध निर्देशक आमिर अख्तरको पहलमा यी दुई खेलाडीलाई एनसीसी बैंकले ब्रान्ड एम्बासडरमा नियुक्त गरेको हो । नेपाली क्रिकेटका उदीयमान खेलाडीलाई बैंकसँग जोड्न पाउदा आफुहरु पनि खुसी भएको बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले बताए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]