default_image

10 years ago

April 27, 2016

धोनीको पुने विजयी

159 views

0 Bookmark

हैदरावाद (एजेन्सी) – महेन्द्र सिंह धोनीको राइजिड् पुने सुपर जाइन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार सनराइजर्स हैदरावादलाई डक वर्थ लुइस (डिएल) को आधारमा ३४ रनले हराएको छ ।

 पुनेका स्टिभन स्मिथ

पुनेका स्टिभन स्मिथ

टस हारेर पनि पहिले ब्याटिड्को अवसर पाएको हैदरावदले २० ओभरमा ८ विकेट गुमाएर १ सय १८ रन बनाएको थियो । जवाफमा पुनले ११ ओभरमा तीन विकेटको क्षेतिमा ९४ रन बनाउँदा बर्षाले खेल रोकेपछि टोलीका आधारमा विजयी भएको थियो । पुनेका लागि स्टिभन स्मिथले ४६ र फाफ डु प्लिसिसले ३० रन बनाएका थिए । ओपनर अजिन्के रहाने खाता नखोल्दै आउट भए भने धोनी (५ रन) आशिष नेहराको शिकार बनेका थिए ।
त्यसअघि अशोक डिन्डा र मिचेल मार्सको घातक बलिडका कारण हैदरवाद कम स्कोरमा समेटिन पुग्यो । ४ ओभरमा डिन्डाले ३ र मार्सले २ विकेट लिएका थिए । थिसारा परेरा र रविचन्द्रन आश्विनले समान १ विकेट लिए । हैदरावादका शिखर धवनले अविजित रहँदै ५६ रन बनाए । अघिल्ला तीन खेलमा अर्धशतक बनाएका ओपनर डेभिड वार्नर भने खाता नखोल्दै आएका भएका थिए । भूवनेश्वर कुमारले २१ र नमन ओझाले १८ रन बनाउनु बाहेक टोलीका लािग कुनै पनि ब्याट्सम्यान दोहोरो संख्याको रन बनाउन सकेनन् ।

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

Success

Thank you for your time.