कराँची – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पिएसएल) अन्तरगत कराँचीमा जारी खेलमा ईस्लामवाद युनाइटेडविरुद्ध खराव बलिङ गरेका छन् । सन्दीपले ४ ओभरमा ४६ रन खर्चेर १ विकेट लिए ।

तेस्रो ओभरमै बलिङगर्न आएका सन्दीपले दोस्रो बलमा फिलिप साल्टलाई १० रनमा ह्यारिस सोहेलबाट क्याच गराए । यस ओभरमा सन्दीपले ५ रन खर्चिए । जस्मा ४ लेगवाई थियो । पाँचौ ओभरको पहिलो वलमै चाडविक वाल्टनले सन्दीपलाई कडा छक्का प्रहार गरे । तर अन्य पाँच बलमा भने २ रन मात्र खर्चिए ।
१० औं ओभरको पहिलो बलमा क्यामरन डेलपोर्टले सन्दीपलाई चौका हाने । पाँचौ बलमा पुन क्यामरनले छक्का प्रहार गरेपछि यस ओभरमा १२ रन खर्चिए । १६ ओभरको पहिला आसिफ अली,तेस्रो,चौथो बलमा क्यामरन र अन्तिम बलमा आसिफलेनै सन्दीपलाई छक्का प्रहार गरेपछि सन्दीपले खराव प्रर्दशन गरेका हुन् । सन्दीपले यस ओभरमा ४ छक्का खादा एकै ओभरमा २६ रन खर्चिए ।
ईस्लामबादले यो समचार तयार पार्न सम्म १६ ओभरमा ३ विकेट गुमाउँदै १ सय ८३ रन बनाउँदै विशाल योगफल तर्फ लम्केको छ । अघिल्लो चरणको यात्रा कायमै राख्न सन्दीपको टिम लाहोर कलन्दर्सलाई फराकिलो जितको आवश्यक छ ।