7 years ago
March 10, 2019
एजेन्सी – पिटर हेन्डस्कम्वको सानदार शतक र एस्टन टर्नरको विष्फोटक अर्धशतसँगै चौथो ओडीआईमा अष्ट्रेलियाले भारतलाई ४ विकेटले हराएको छ ।

आइतबार चण्डीगढमा भारतले प्रस्तुत गरेको ३ सय ५९ रनको लक्ष्य अष्ट्रेलियाले ४७.५ ओभरमा ६ विकेटको क्षतिमा पुरा गर्यो । योसँगै पाँच ओडीआई सिरीज २-२ को रोमान्चक मोडमा पुगेको छ । अन्तिम खेलमा १३ मार्चमा हुने छ ।
अष्ट्रेलियाको जितमा नायक बनेका पिटर हेन्ड्सकम्बले १ सय ५ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै १ सय १७ रन बनाए । पिटरको यो ओडीआई करियरको पहिलो शतक पनि हो । पिटर र उस्मान खवाजाले तेस्रो विकेटका लागि १ सय ९२ रनको साझेदारी गर्दै जित सहज बनाए । ३३.१ ओभरमा जसप्रित बुमराहले कुलदिप यादवबाट ख्वाजालाई क्याच आउट गराउँदै साझेदारी तोडे । उस्मान ख्वाजाले ९९ बलमा ७ चौका प्रहार गर्दै ९१ रन जोडे ।
तल्लोक्रमका एस्टन टर्नरले विष्फोटक ब्याटिङ गर्दै ८४ रन बनाएपछि अस्ट्रेलियाको जित संभव भएको हो । टर्नरले ४३ बलमा ५ चौका र ६ छक्का प्रहार गर्दै रनमा ८४ अविजित रहे । एलेक्स केरीले २१ रन बनाए । ग्लेन म्याक्सवेलले १३ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २३, शन मार्श ६ र आरोन फिन्च डक आउट भए । भारतका लागि जसप्रित बुमराहले ३,कुलदिप यादव,युजवेन्द्र चाहाल र भुवनेश्वर कुमारले समान एक विकेट लिए पनि टोलीको हार टार्न सकेनन् ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ५८ रन बनायो । ३८ ओभरको चौथो बलमा प्याट कमिन्सले बोल्ड आउट गर्नु अघि धवनले १ सय १५ बलमा १८ चौका र ३ छक्का प्रहार गर्दै १ सय ४३ रनको उत्कृष्ट इनिङ खेले ।

धवनको यो वान डे करियरको १६ औं शतक हो । पछिल्ला १७ खेलमा खराब प्रर्दशन गर्दा आलोचनाको शिकार बनेका धवनलाई यो शतकले ठूलो राहत दिने छ । त्यस्तै अर्का ओपनर रोहित शर्माले ९२ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ९५ रनको योगदान दिए । ओपनर धवन र रोहितले पहिलो विकेटका लागि १ सय ९३ रनको साझेदारी गर्दै भारतलाई विशाल योगफल तर्फ लम्काएका थिए । यी दुई ओपनरको साझेदारी झेय रिचड्सनले ३१ ओभरको अन्तिम बलमा शर्मालाई पिटर हेन्डस्कम्वबाट क्याच गराउँदै तोडेका थिए ।
भारतका लागि कप्तान विराट कोहली ७, ऋषभ पन्त ३६, केदार जाधव १०, केएल राहुल र विजय शंकर समान २६ रनमा आउट भए । अष्ट्रेलियाका प्याट कमिन्सले १० ओभरमा ७० रन खर्चेर ५ विकेट लिए । झेय रिचड्सन ३ र एडम जम्पाले १ विकेट हात पारे ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]