7 years ago
March 11, 2019
एजेन्सी – पाकिस्तान सुपर लिग (पीएसएल) अन्तरगत नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम लाहोर कलन्दर्सले अन्तिम खेलमा मुल्तान सुल्तानलाई १ सय ४१ रनको लक्ष्य दिएको छ ।

कराँचीमा टस हारेर ब्याटिङ गर्न मैदान उत्रेको लाहोरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४० रन बनायो । लाहोरका लागि कप्तान फकार जमानले ३६ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ५३ रन जोडे । त्यस्तै डेविड विसाले २२ बलमा समान २ चौका र छक्का प्रहार गर्दै ३० रन जोड्दा एलिसा गुणरत्नेले १२ रन जोड्न रहेक बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
हसन खान र ह्यारिस रउफ समान ६ रनमा अविजित रहे । मुल्तान सुल्तानका लागि मोहम्मद अब्बासले ३,शाहिद अफ्रिदीले दुई,क्रिस ग्रिन र मोहम्मद इलियासले समान एक विकेट हात पारे । यी दुवै टोली समुह चरणबाटै बाहिरि सकेको अवस्थामा आजको खेल प्रतिष्ठाको लडाई मात्र हुने छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]