default_image

7 years ago

March 14, 2019

‘विश्वकप खेल्ने विश्वास छ’ – रोहित

189 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू१९ राष्ट्रिय क्रिकेट टोली अप्रिल १२ देखी १८ सम्म मलेसियामा हुने विश्वकप छनोटको लागि टियू क्रिकेट मैदानमा अभ्यासरत छ ।

राष्ट्रिय टोलीबाट खेलिसकेका रोहित कुमार पौडेल, सन्दीप जोरासँगै डेब्यूको पर्खाईमा रहेका भिम सार्की, राशिद खान, सागर ढकाल लगायत घरेलु लिगमा उत्कृष्ट प्रर्दशन गर्दै आएका खेलाडी प्रशिक्षणमा छन् । राष्ट्रिय टोलीको समेत अनुभव बोकिसकेका भरपर्दा युवा ब्याट्सम्यान रोहितले नेपालले विश्वकप खेल्नेमा आफू विश्वस्त रहेको बताए । ‘हामी प्रतियोगितामा पनि बलियो टिम हौं । सिनियर खेलाडीले भन्दा पनि नयाँ खेलाडीले राम्रो गरिरहेका छन् । मेरो पनि राम्रो भइरहेको छ । अभ्यासको लागि भारत जाँदैछौं । त्यहाँ स्टेट टिमहरुसँग खेल्न पाइन्छ, हाम्रो लागि पनि अवसर हो, ‘रोहितले हाम्रोखेलकुदसँग भने । प्रतियोगितमा मैदानमा सबै एकै भएपनि कागजी रुपमा नेपालनै बलियो रहेको दावी समेत गरे ।

रोहितले छनोटमा आफूले शतक प्रहार गर्न सक्ने क्षमता रहेको बताएका छन् । राष्ट्रिय टोलीमा पनि उत्कृष्ट प्रर्दशन गरिसकेको खेलाडी, के यू१९ छनोटमा शतक देख्न पाइन्छ भन्ने प्रश्नमा रोहितले सकिन्छ किन नसक्नु नि भन्ने जवाफ दिएका हुन् ।

त्यस्तै यू१९ टिमका कप्तान समेत रहेका आशिफ शेखले नेपालको लक्ष्य विश्वकप रहेको बताए । ‘ टिम राम्रो र सन्तुलित छ । यसअघि पनि हाम्रो टिम राम्रो थियो तर दुर्भाग्य भन्नुपर्छ हामी त्यो विश्वकपमा खेल्न पाएनौं’,शेखले भने,’ यसपटक हामीले विश्वकपमा नै छनोट हुने लक्ष्य लिएर अगाडी बढेका छौं ।’

यू१९ टोलीका प्रमुख प्रशिक्षक विनोद दासका अनुसार बिहीबार अन्तिम अभ्यास खेलपछि भारत भ्रमणको लागि १८ सदस्य टोली घोषणा हुने छ । भारतको आन्ध्रप्रदेश  भ्रमणमा गरेको प्रर्दशनको आधारमा विश्वकप छनोट खेल्ने १४ सदस्य टोली घोषणा हुने छ । नेपाल सहित कुवेत, मलेसिया, यूएई, सिंगापुर र ओमान रहेको प्रतियोगितामा शीर्ष टोलीले सन् २०२० मा दक्षिण अफ्रिकामा हुने विश्वकप खेल्न पाउने छ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.