एजेन्सी – क्रिकेटको सर्वाधिक लोकप्रिय प्रतियोगिता भनेको विश्वपक नै हो । क्रिकेट खेल्ने जो कोही खेलाडीको सपना आफ्नो राष्ट्रको जर्सीमा विश्वकप खेल्ने हुन्छ । व्यवसायिक क्रिकेटमा भने सर्वाधिक लोकप्रिय प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) लाई मानिन्छ । त्यसैले धेरै खेलाडीको सपना आईपीएल खेल्ने हुने गर्दछ ।

सन् २००८ देखी सुरु भएको आईपीएल १२ औं संस्करण आगमी मार्च २३ देखी भारतका विभिन्न शहरमा हुँदै छ । नेपालका लेग स्पिनर सन्दीप लामिछाने दिल्ली क्यापिटल्सबाट खेल्ने हुँदा धेरै नेपाली समर्थकको ध्यान दिल्लीतिरै केन्द्रित हुनेछ । आईपीएलमा ८ फ्रेन्चाइज टोली छन् । होम र अवे मैदानमा गरि एक आपसमाको प्रतिस्पर्धापछि शीर्ष चार टोलीले प्ले अफमा स्थान बनाउनेछन् ।
एक टिममा अधिकतम २५ जना खेलाडी राख्न पाइन्छ । एक खेलमा अधिकतम ४ विदेशी खेलाउन पाउने आईपीएलको नियम छ । हालसम्म महेन्द्रसिंह धोनी कप्तान रहेको चेन्नई सुपर किंग्सलाई आईपीएलकै सर्वाधिक सफल र सन्दीप लामिछाने रहको दिल्ली क्यापिटल्सलाई असफल टिम मानिन्छ । १२ औं संस्करणको उपाधि जित्ने लक्ष्य सहित सम्पूर्ण टिम र खेलाडीले कडा मिहेनेत गर्दै अभ्यास अन्तिम अन्तिम चरणमा पुर्याएका छन् ।
कुनै पनि प्रतियोगिता कस्तो हुन्छ भन्ने त्यसको व्यवस्थापन हेरेनै थाहा हुन्छ । त्यस्तै कुन टिम कस्तो छ र प्रतियोगितामा कस्तो प्रर्दशन गर्न सक्छ भन्ने कुरा त्यस टिममा रहेका खेलाडी, ती खेलाडीको पछिल्लो समय राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रर्दशन, युवा खेलाडीले गर्न सक्ने प्रर्दशन र प्रशिक्षकको क्षमतालाई हेरेर भन्न सकिन्छ । त्यसैअनुसार हाम्रोखेलकुद डट कमले आईपीएलको उपाधि जित्ने तीन दावेदार टोलीको विश्लेषण यसरी प्रस्तुत गरेको छ :
आईपीएलको उपाधि जित्न सक्ने तीन टिम (भाग १)
आईपीएलको उपाधि जित्न सक्ने तीन टिम (भाग २)
१. सनराईजर्स हैदरावाद :
सन ग्रुपको स्वामित्वमा रहेको हैदराबाद यस पटक उपाधिको प्रमुख दावेदार टिम हो । बल टेम्परिङ काण्डका कारण गत संस्करणको आईपीएल गुमाएका प्रमुख खेलाडी डेविड वार्नर पनि खेल्दैछन् । वार्नरको पुनरागमनले हैदरावादको कप्तानी कसले गर्छ भने अनिश्चित छ । गर्त वर्ष केन विलियम्सनले कप्तानी गरेका थिए । वार्नरसँगै केन विलियम्सनले पनि उत्कृष्ट ब्याटिङ गर्दै आएका छन् । विलियम्सन गत वर्ष सर्वाधिक रन बनाउने ब्याट्सम्यान समेत हुन् ।
हैदरावादले अक्सनमा पनि राम्रा खेलाडी अनुबन्ध गरेको छ । न्युजिल्यान्डका ओपनर मार्टिन गप्टिल र इंग्ल्यान्डबाट उत्कृष्ट प्रर्दशन गर्दै आई रहेका जोनी बेरस्टोलेको अनुबन्धले हैदरावाद झनै बलियो बनेको छ । यी दुवै खेलाडी राम्रो लयमा हुनुका साथै आक्रमक रुपमा रन जोड्ने क्षमता राख्छन् । खलिल अहमद, सन्दीप शर्मा र भुवनेश्वर कुमारले तीव्र गति बलिङ सम्हाल्ने छन् ।
टी-२० क्रिकेटमा नम्बर वान बलर राशिद खान र विश्वस्तरीय अलराउण्डर शकिब अल हसन पनि हैदरावादमै छन् । यी दुबैले उत्कृष्ट स्पिनरसँगै अन्त्यमा उत्कृष्ट ब्याटिङ गर्ने गर्दछन् । मोहम्मद नावी पनि उत्कृष्ट अलराउण्डर हुन् । हैदरावद सन् २०१६ को उपाधि जित्दा गत वर्ष उप विजेतामा चित्त बुझाएको थियो । हैदरावादले सन् २०१३ देखी आईपीएलमा सहभागिता जनाएको हो । कुल ६ संस्करण मात्र सहभागिता जनाएको हैदरावाद समान १ पटक विजेता र उप विजेता तथा दुई पटक प्ले अफ र २ पटक समुह चरणबाटै बाहिरिएको छ ।
हैदरावादको टोल : डेविड वार्नर, केन विलियम्सन, राशिद खान, मोहम्मद नाविद, शकिब अल हसन, रिद्धिमान शाह, जोनी बेरस्टो, मार्टिन गप्टिल, भुवनेश्वर कुमार, बिली स्टेनलेक, दिपक हुड्डा, बेसिल थम्पी, मनिष पान्डे, टी नटराजन, रिकी भुई, सन्दीप शर्मा, सिदार्थ कौल, श्रीवत्स गोस्वामी, खलील अहमिद र युसुफ पठान
आईपीएलको उपाधि जित्न सक्ने तीन टिम (भाग १)
आईपीएलको उपाधि जित्न सक्ने तीन टिम (भाग २)