7 years ago
March 20, 2019
एजेन्सी – विश्व चर्चित ईन्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं संस्करण आगमी २३ मार्च देखी भारतका विभिन्न सहरमा हुँदै छ । सन् २००८ देखि सुरु भएको आईपीएलको १२ संस्करणसम्म आइपुग्दा चेन्नई सुपर किंग्स सर्वाधिक सफल टिम हो ।

चेन्नईलाई सफल बनाउने कप्तान हुन् महेन्द्रसिंह धोनी । विकेटकीपर तथा फिनिसर समेत रहेका धोनीले चेन्नईलाई अहिलेसम्म कमजोर स्थितिमा गुज्रन दिएका छैनन् । ३ पटक उपाधि दिलाउँदा ४ पटक फाईनलमा पुर्याएका छन् । धोनी विश्व क्रिकेटकै सर्वाधिक सफल कप्तानमा गनिन्छन् । धोनीको नाममा विश्व क्रिकेट र आईपीएलमा थुप्रै रेकर्ड छन् । त्यस्तै धोनीले यसपटक आईपीएल २०१९ मा यी तीन नयाँ रेकर्ड बनाउन सक्ने उच्च संभावना छ ।
आईपीएलमा १०० खेल जिताउने पहिलो कप्तान
धोनी आईपीएल मात्र होईन समग्रमा नै सफल कप्तान हुन् । धोनी विश्वका एकमात्र त्यस्ता कप्तान हुन् जसले टी२० विश्वकप, एकदिवसिय विश्वकप र टेस्ट च्याम्पियनशिप ट्रफी जिताउने दुर्लभ सफलता हासिल गरेका छन् । त्यस्तै धोनी आईपीएलमा एक नयाँ रकेर्ड नजिक छन् । जुन हो १०० खेल जिताउने पहिलो कप्तान् ।

सन् २००८ देखि सुरु भएको आईपीएलमा अझैसम्म कुनै पनि कप्तानले एक सय खेल जिताउन सकेका छैनन् । धोनीले हालसम्म कुल १ सय ५९ खेलमा कप्तानी गरेका छन् । जसमा धोनीले ९४ खेल जिताएका छन् । धोनीले अब यस सिजन ६ खेल जिताए एक सय खेल जिताउने पहिलो कप्तान बन्नेछन् । जुन रेकर्ड यस संस्करणमा सहज रुपमा बन्ने अनुमान पनि गरिएको छ ।
सर्वाधिक स्टम्पिङ आउट
वान डे क्रिकेटमा सर्वाधिक स्टम्पिङ आउट गराउने विश्व रेकर्ड राखेका धोनी आईपीएलमा दिनेश कार्तिक भन्दा पछाडी छन् । आईपीएलमा सर्वाधिक स्टम्पिङ गराउने रेकर्ड कोलकता नाईट राइडर्सका विकेटकीपर तथा कप्तान दिनेश कार्तिकको नाममा छ ।

कार्तिकले १ सय ५२ इनिङ्समा १ सय २४ स्टम्पिङ आउट गराएका छन् । धोनीले १ सय ६८ इनिङ्समा १ सय १६ स्टम्पिङ आउट गरेका छन् । ८ मात्र स्टम्पिङको अन्तर हुँदा यो सिजनमा धोनीले तोड्न सक्छन् ।
२ सय छक्का प्रहार गर्ने पहिलो भारतीय खेलाडी
धोनी ठूला सट प्रहार गर्न माहिर छन् । उत्कृष्ट फिनिसरको रुपमा आफ्नो छवि बनाएका धोनीले हालसम्म आईपीएलमा १ सय ८६ छक्का प्रहार गरेका छन् । धोनी २ सय पुरा गर्न मात्र १४ छक्का टाढा छन् । सन् २०१८ मा धोनीले ३० छक्का प्रहार गरेका थिए । त्यहि अनुसार प्रर्दशन गर्ने हो भने धोनीले यो रेकर्ड यसै सिजनमा सजिलै आफ्नो नाममा बनाउन सक्छन् ।
त्यस्तै भारतीय खेलाडीको तर्फबाट सुरेश रैनाले १ सय ८५ छक्का प्रहार गरेका छन् । आईपीएलकै सर्वाधिक छक्का प्रहार गर्ने रकेर्ड भने क्रिस गेलको नाममा छ । गेलले २ सय ९२ छक्का प्रहार गरेका छन् ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]