default_image

7 years ago

March 20, 2019

रोहित र मल्लको उत्कृष्ट प्रर्दशनमा नेपाल विजयी

107 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- आगमी महिना मलेसियामा हुने यू१९ विश्वकप अघि अभ्यासको लागि भारतमा रहेको नेपाली यू१९ क्रिकेट टोलीले पहिलो खेलमा आन्द्र स्टेट यू१९ टिममाथि सहज जित निकालेको छ । बुधबार भएको खेलमा नेपाली टोलीले स्टेटलाई ६२ रनले पराजित गरेको छ ।

२ सय ७७ रनको लक्ष्य पछ्याएको स्टेटले ४५.१ ओभरमा अल आउट हुँदै २ सय १४ रनमा समेटियो । उसका लागि हर्षभरदेन ४६, हेमन्ठ,३८ र पी तेजस्वीले ४३ रन बनाए । नेपालका लागि कुशल मल्ले १० ओभरमा २ मेडन सहित ४१ रन खर्चेर ४ विकेट हात पारे । त्यस्तै कमलसिंह ऐरीले ३,पवन सरार्फले २ र सागर ढकालले १ विकेट हात पारे ।

त्यस अघि पहिला पहिला ब्याटिङ गरेको नेपालले ४८ ओभरमा अल आउट हुँदै २ सय ७६ रन जोडेको थियो । कप्तान रोहित कुमार पौडेलले १ सय १६ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ८१ रन बनाए । विश्फोटक ब्याटिङ गरेका युवा खेलाडी कमलसिंह ६ छक्का हान्न बाट चुके । ४८ ओभरको पहिलो,दोस्रो तेस्रो,चौथो र पाँचौ बलमा छक्का हानेका ऐरी अन्तिम बलमा छक्का प्रहार गर्न खोज्दा आउट भए । ऐरीले २५ बलमा ५ छक्का र २ चौका प्रहार गर्दै ४४ रन जोडे ।

आशिफ शेख छैटौं ओभरको पाँचौ बलमा ९ रनमा क्याच आउटभएपछि मैदान छिरेका रोहितले उत्कृष्ट कप्तानी पाली खेले । रभि कुमार शाह ५ रनमा आउट भएपछि नेपाल १० ओभरमा ४९/४ को कमजोर अवस्थामा पुगेको थियो । तर रोहितले सन्दीप जोरासँग उत्कृष्ट शतकीय साझेदारी गर्दै ३५ ओभरमा १९४/४ को बलियो अवस्थामा पुर्याए । पाँचौ विकेटका लागि सन्दीप र रोहितले १ सय ४५ रनको साझेदारी गरे। दुर्गा कुमारबाट क्याच आउट हुनु अघि सन्दीप जोराले ६४ बलमा ६ छक्का र २ चौका प्रहार गर्दै ६९ रन जोडे । सागर ढकाल ४, रित गौतम ५,पवन सरार्फ ४,आशिफ शेख ९ र कुशल मल्ल १७ रनमा आउट भए । स्टेटका लागि पी तेजस्वीले ४,श्रीकासी रेडी र के वेन्कटेशले समान दुई विकेट हात पारे ।नेपालले आन्द्र स्टेट टिमसँग थप तीन अभ्यास खेल खेल्ने छ ।

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.