7 years ago
March 21, 2019
एजेन्सी – इंग्ल्यान्डका २० वर्षिय युवा क्रिकेटर विल ज्याक्सले २५ बलमै शतक प्रहार गरेका छन् । बिहीबार यूएईस्थित आईसीसी ओभल क्रिकेट मैदानमा भएको टी१० क्रिकेटमा सर्री क्रिकेट टिमका ज्याक्सले लान्काशायर क्रिकेट टिमविरुद्ध २५ बलमै शतक प्रहार गरे ।

ज्याक्सले २५ बलमै शतक प्रहार गर्ने क्रममा ११ छक्का र ८ चौका प्रहार गरेका थिए । उनले एकै ओभरमा ६ छक्का प्रहार गर्दै २५ बलमै शतक प्रहार गरेका हुन् । उनले पाँचौ ओभरमा लान्कसाएरका पर्रीलाई ६ छक्का प्रहार गरेका थिए ।
ज्याक्सको शतकमा सर्री क्रिकेट टिमले १० ओभरमा ३ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको थियो । १ सय ७७ रनको लक्ष्य पक्ष्याएको लायन्सकायरले ९.३ ओभरमा अल आउट हुँदै ८१ रनमा समेटिदा सर्री ९५ रनले विजयी भयो ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]