7 years ago
March 23, 2019
एजेन्सी – श्रीलंकासँगको तीन टी२० सिरिज घरेलु टोली दक्षिण अफ्रिकाले एक खेल अगावै जितेको छ । शुक्रबार राती भएको दोस्रो खेलमा १६ रनले पराजित गर्दै एक खेल अगावै सिरिज सब्जा गरेको हो ।

दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १ सय ८१ रनको विजयी लक्ष्य पछ्याउने क्रममा श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६४ रन मात्र बनाउन सक्यो । श्रीलंकाका इसुरु उडानाले ४८ बलमा ६ छक्का र ८ चौका प्रहार गर्दै ८४ रन जोडेपनि अन्य ब्याट्सम्यान नचल्दा श्रीलंकाको हार टर्न सकेन ।
निरोसन डिक्वेला २०, थिसेरा परेरा २२, एन्जिलो परेरा ११ र धनन्जय डी शिल्भाले १० रनमा आउट भए । अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । अफ्रिकालागि क्रिस मोरिसले ३ तथा डेल स्टेन र तबरेज शाम्सीले समान २-२ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अफ्रिकाले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ८० रन बनाएको थियो । उसका लागि रस्सी भान डर डुसेनले ४४ बलमा ३ छक्का र ४ चौका प्रहार गर्दै ६४ रन बटुले । त्यस्तै रिजा हेन्ड्रिक्सले ४६ बलमा ९ चौका प्रहार गर्दै ६५, कप्तान जेपी ड्युमिनीले ३३ र डेविड मिलरले ९ रनको योगदान दिए ।
श्रीलंकाका लागि कप्तान लाथिस मलिङ्गा, इसुरु उडाना र अलिका धनञ्जयले समान एक विकेट हात पारे । यसअघि पहिलो टी २० खेलमा अफ्रिका सुपर ओभरमा विजयी भएको थियो । तेस्रो तथा अन्तिम टी२० खेल आईतबार हुने छ ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]