default_image

7 years ago

March 30, 2019

डी ककको अर्धशतकमा पन्जावलाई मध्यम लक्ष्य

149 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) को ९ औं खेलमा मुम्बई इन्डियन्सले किंग्स इलाभेन पन्जावलाई १ सय ७७ रनको लक्ष्य दिएको छ ।

पन्जावको घरेलु मैदान मोहालीमा टस हारेर पहिला ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७६ रन बनायो । मुम्बईका लागि ओपनर क्विन्टन डी ककले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ६० रनको अर्धशतकीय योगदान दिए । डी ककलाई १३ ओभरको अन्तिम बलमा मोहम्मद सामीले बोल्ड आउट गर्दै पेभिलिएन फर्काए ।

कप्तान रोहित शर्मा ३२,सुर्य कुमार यादव ११,युवराज सिंह १८,किरण पोलार्ड ७ रनमा आउट भए । क्रनाल पान्ड्याले १० र हार्दिक पान्ड्याले ३१ रनको योगदान दिए । हार्दिकले १९ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

पन्जावका लागि मरुगुन आश्विन,हार्डस विलजोन र मोहम्मद शामीले समान २ तथा एन्ड्रयु टाईले १ विकेट लिए । दुबै टोली दोस्रो जितको खोजिमा छन् ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.