default_image

5 years ago

March 30, 2019

नेपाल १ विकेटले पराजित

एजेन्सी – भारत भ्रमणमा रहेको नेपाली यू१९ क्रिकेट टोली छैटौं अभ्यास खेलमा आन्द्र स्टेट यू१९ क्रिकेट टिमसँग १ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको २ सय ५२ रनको लक्ष्य पछ्याएको स्टेटले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै पुरा गर्यो । स्टेटको जितमा नितेश कुमारले १ सय ८ बलमा ४ चौका र २ छक्का […]

26 views

0 Bookmark

एजेन्सी – भारत भ्रमणमा रहेको नेपाली यू१९ क्रिकेट टोली छैटौं अभ्यास खेलमा आन्द्र स्टेट यू१९ क्रिकेट टिमसँग १ विकेटले पराजित भएको छ ।

नेपालले प्रस्तुत गरेको २ सय ५२ रनको लक्ष्य पछ्याएको स्टेटले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै पुरा गर्यो । स्टेटको जितमा नितेश कुमारले १ सय ८ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ७४ रनको विजयी पाली खेले । स्टेटका अन्य जोनी बशा ३२,पि सुब्रमनियम २९,राम प्रसाद २७, बी कुमार ३२,एसएमडी कामिलले २२ रन बटुले । नेपालका लागि पवन सरार्फले ३,प्रतिस जिसीले २,राशिद खान,सर्य तामाङ्ग र आकाश चन्दले समान एक विकेट लिए ।

त्यस अघि नेपाली यू१९ ले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ५१ रन बनाएको थियो । नेपालका लागि राष्ट्रिय टिमबाट खेली सकेका सन्दीप जोराले ६७ बलमा ३ छक्का र ४ चौका प्रहार गर्दै ६९ रनको महत्वपूर्ण योगदान दिएपनि टोलीको झिनो हार टार्न सकेनन् । त्यस्तै राशिद खानले ४४ बलमा २ छक्का र ३ चौका प्रहार गर्दै ४४ रन जोडे । हरि वहादुर चौहान ३५, शेर मल्ल १७, अभिषेक बस्नते ३५,रित गौतम २२,कप्तान रोहित कुमार पौडेल र पवन सरार्फ डक आउट भए ।

स्टेटका लागि आई स्माइलले ४,जोनी बशा २,एसएमडी कामिल,जे दुर्गा कुमार र एम भैरवले समान एक विकेट हात पारे । यस अघका पाँच अभ्यास खेलमा नेपाल ४ मा विजयी हुँदा १ मा पराजित भएको थियो । आगमी अप्रिल १२ देखी १८ सम्म मलेसियामा हुने यू१९ विश्वकप छनोट अघि अन्तिम तयारीको लागि नेपालले स्टेटसँग अभ्यास खेल खेलेको हो ।

March 29, 2024

नेपाल ‘ए’ लाई आयरल्यान्ड वल्भ्सको विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आयरल्यान्ड वल्भ्सले नेपाल ‘ए’ विरुद्धको टि२० सिरिज अन्तर्गत पहिलो खेलमा २ सय २३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । पहिलो ब्याटिङको निम्तो पाएको वल्भ्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २२ रन बनायो । मध्यम सुरुवात गरेको आयरल्यान्ड वल्भ्सले अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै विशाल योगफल खडा गर्यो । […]

March 29, 2024

कमल प्लेइङ-११ मा खेल्दै, पवन बेन्चमा

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर कमलसिंह ऐरीले नेपाल ‘ए’ बाट आयरल्यान्ड वल्भ्सविरुद्ध शुक्रबार हुने टि२० खेलमार्फत पुनरागमन गर्ने भएका छन् । नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका हुन् । आयरल्यान्ड वल्भ्सले सुरुवाती इनिङमा ब्याटिङ गर्दैछ । कमलले लामो समय चोटका कारण बाहिर रहेर आज पुनरागमन गर्दैछन् […]

March 29, 2024

नेपाल ‘ए’ ले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सविरुद्ध पहिलो टि२० खेलमा टस जितेको छ । नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका हुन् । आयरल्यान्ड वल्भ्सले पहिलो ब्याटिङ गर्दैछ । नेपालको टोली : विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, बसिर […]

Success

Thank you for your time.