7 years ago
March 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली स्पिनर सन्दीप लामिछाने दिल्ली क्यापिटल्सका लागि कोलकाता नाइट राईडर्सविरुद्ध खेलमा पहिलो रोजाइमा परेका छन् ।

सन्दीप र क्रिस मोरीस यस खेलका लागि विदेशी खेलाडीको रुपमा टोलीमा परेका हुन् । यसअघिको खेलबाट किमो पल टोलीमा परेका छैनन् । दिल्लीले अमित मिश्रा र सन्दीपलाई स्पिनरको रुपमा खलाउँदै छ ।
दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा भर्खर सम्पन्न टसमा दिल्ली क्यापिटल्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको छ । कोलकताले ब्याटिङको निम्तो पाएको छ । दिल्लीले आजको खेलमा ४ खेलाडी परिवर्तन गरेको छ ।
अक्षर पटेलको स्थानमा हनुमा विहारी, किमो पलका स्थानमा क्रिस मोरिस, राहुल टेवाटियाको स्थानमा हर्षल पटेल र सन्दीपलाई मौका दिएको छ । .
दिल्लीको प्लेइङ ११ : शिखर धवन, पृथ्वी शा, श्रेयस ऐर(कप्तान), ऋषभ पन्त, कोलिन इनग्राम, क्रिस मोरिस, हनुमा विहारी, कागिसो रबाडा, सन्दीप लामिछाने, अमित मिश्रा, हर्षल पटेल
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]