default_image

7 years ago

March 30, 2019

राहुलले पन्जाबलाई जिताए

191 views

0 Bookmark

एजेन्सी – ओपनर केएल राहुलले उत्कृष्ट अर्ध शतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग(आईपीएल) को नवौं खेलमा किंग्स इलाभेन पन्जावले मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गरेको छ ।

१ सय ७७ रनको मध्यम लक्ष्य पछ्याएको पन्जावले १८.४ ओभरमा २ विकेटको क्षतिमा पुरा गर्यो । पन्जावलाई सहज जित दिलाउन ओपनर केएल राहुलले अर्ध शतकीय पालीखेले । राहुलले ५७ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ७१ रनमा अविजित रहे । क्रिस गेल २४ बलमा ४ छक्का र ३ चौकाका साथ ४०, मंयक अग्रवालले २१ बलमा ४ चौका र २ छक्कार प्रहार गर्दै ४३ रन जोडे । डेविड मिलर १५ रनमा अविजित रहे । मुम्बईका लागि क्रुनाल पान्ड्याले २ विकेट लिन बाहेक अन्य कुनैपनि बलरले विकेट लिन सकेनन् ।

त्यस अघि पन्जावको घरेलु मैदान मोहालीमा टस हारेर पहिला ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको थियो । मुम्बईका लागि ओपनर क्विन्टन डी ककले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ६० रनको अर्धशतकीय योगदान दिए । डी ककलाई १३ ओभरको अन्तिम बलमा मोहम्मद सामीले बोल्ड आउट गर्दै पेभिलिएन फर्काए ।

कप्तान रोहित शर्मा ३२,सुर्य कुमार यादव ११,युवराज सिंह १८,किरण पोलार्ड ७ रनमा आउट भए । क्रनाल पान्ड्याले १० र हार्दिक पान्ड्याले ३१ रनको योगदान दिए । हार्दिकले १९ बलमा ३ चौका र १ छक्का प्रहार गरे । पन्जावका लागि मरुगुन आश्विन,हार्डस विलजोन र मोहम्मद शामीले समान २ तथा एन्ड्रयु टाईले १ विकेट लिए ।

यो पन्जावको दोस्रो जित हो । पहिलो खेलमा राजस्थान रोयल्सलाई १४ रनले हराउँदा कोलकता नाइट राइडसँग २८ रनले पराजित भएको थियो । त्यस्तै यो मुम्बईको दोस्रो हार हो । यस अघि मुम्बई दिल्लीसँग ३७ रनले पराजित हुँदा दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ रनले हराएको थियो । पन्जावले आफ्नो चौथो खेल आगमी १ अप्रिलमा दिल्ली क्यापिटल्ससँग खेल्ने छ भने मुम्बईले चेन्नई सुपर किंग्सविरुद्ध अप्रिल ३ मा भिड्ने छ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.