default_image

5 years ago

March 30, 2019

रसेलको आक्रमणसँगै दिल्लीलाई विशाल लक्ष्य

एजेन्सी – वेस्ट इन्डिजका अलराउण्डर आन्द्रे रसेलले विश्फोटक ब्याटिङ गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को दशौं खेलमा कोलकता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई १ सय ८६ रनको लक्ष्य दिएको छ । फिरोज शाह कोटलामा टस हारेर पहिला ब्याटिङ थालेको कोलकताले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनायो । कुनै समय ६१-५ को […]

38 views

0 Bookmark

एजेन्सी – वेस्ट इन्डिजका अलराउण्डर आन्द्रे रसेलले विश्फोटक ब्याटिङ गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को दशौं खेलमा कोलकता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई १ सय ८६ रनको लक्ष्य दिएको छ ।

फिरोज शाह कोटलामा टस हारेर पहिला ब्याटिङ थालेको कोलकताले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनायो । कुनै समय ६१-५ को कमजोर अवस्थामा पुगेको कोलकतालाई आन्द्रे रसेलले विष्फोटक ब्याटिङ गर्दै विशाल योगफल सम्म पुर्याए । १७.५ ओभरमा क्याच आउट हुनु अघि रसेलले मात्र २८ बलमा ६ छक्का र ४ चौका प्रहार गर्दै ६२ रनको महत्वपूर्ण योगदान दिए ।

कोलकतालाई आन्द्रे रसेल र दिनेश कात्तिकले ९५ रनको साझेदारी गर्दै प्रतिसप्रर्धात्मक योगफल सम्म पुर्याउन सफल भएका हुन् । कात्तिकले ३६ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ५० रन जोडे । दिल्लीले सुरुवात राम्रो गरेपनि अन्त्य राम्रो गर्न नसक्दा विशाल लक्ष्य पाएको हो । पियुष चवाला १२ र कुलदीप यादव १० बटुले ।

सन्दीपलले दिल्लीलाई पहिलो सफल दिलाउने क्रममा चौथो ओभरको चौथो बलमा निखिल नाईकलाई ७ रनमा एलवीडब्लू आउट गर्दै पेभिलिएन फर्काए । छैटौं ओभरको अन्तिम बलमा रोविन उथप्पालाई हर्ष पर्टेलले ११ रनमा एलवी डब्लू आउट गरे । लगतै सातौ ओभरको पाँच बलमा कागिसो रबडाले विकेटकीपर ऋषभ पन्तबाट उत्कृष्ट क्याच गराउँदै ओपनर क्रिस लिनलाई २० रनमा आउट गरे ।

आठौं ओभरको पहिलो बलमा हर्ष पटेलले नितेश रानालाई १ रनमा क्याच आउट गरेपि कोलकता कमजोर अवस्थामा पुगेको थियो । दिल्लीका लागि सन्दीप लामिछानेले ४ ओभरमा २९ रन खर्चेर १ विकेट लिए । त्यस्तै हर्ष पर्टेलले २ र कागिसो रबाडा,अमित मिश्रा र क्रिस मोरिसले समान १ विकेट हात पारे ।

यस्तो रह्यो सन्दीपको ४ ओभर

इनिङसको दोस्रो ओभरमा नै बलिङ गर्न आएका सन्दीपले आफ्नो ओभरमा मात्र १ रन खर्चे । सन्दीपले निखिल नाईकलाई पहिलो पाँच बल डट गराएका थिए भने अन्तिम बलमा १ रन दिएका थिए । उनको चौथो बलमा कप्तान श्रेयस ऐरले कट बिहाइन्डको अपिल गर्दै रिभ्यु लिएपनि ‘एज’ नलागेको देखिएको थियो ।

चौथो ओभरमा व्यक्तिगत दोस्रो ओभर लिएर आएका सन्दीपको पहिलो बलमा क्रिस लिनले एक रन लिए । दोस्रो बलमा नाईकले लामो सट खेल्ने असफल प्रयास गरे र तेस्रो बलमा पनि ब्याटमा कनेक्ट हुन सकेन । निकै दवावमा रहेका नाईक चौथो बलमा डिफेन्स गर्ने धुनमा एलबीडब्लू धरापमा परे । नाईक आउट भएपछि क्रिजमा आएका नयाँ ब्याट्सम्यान रबिन उथाप्पाले पहिलो बलमा चौका प्रहार गरे । अन्तिम बलमा पनि उनले १ रन लिए ।

दशौं ओभरमा पहिलो बलमा नै शुभ्मन गिल रनआउट भएपछि दिल्ली बलियो स्थितिमा पुग्यो । १२ औं ओभरमा दिनेश कार्तिकलाई सुरुवाती दुई बल डट गराएपनि तेस्रो बलमा कार्तिकले चौका प्रहार गरे । चौथो बलमा एक रन लिएपछि रसेल स्ट्राइकमा आए । रसेलले पाँचौ बलमा सन्दीपलाई मिड विकेट बाउन्ड्रीमाथि छक्का प्रहार गरेपछि अन्तिम बलमा पनि छक्का प्रहार गर्न सफल रहे । जसले गर्दा अन्य ओभरको तुलनामा केहि महँगो सावित हुन पुगे । सन्दीपले यस ओभरमा १७ रन खर्चिएका थिए ।

April 20, 2024

दीपेन्द्रको ब्याटिङमा नेपालको प्रतिस्पर्धात्मक योगफल

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत हङकङ विरुद्ध तेस्रो स्थानको खेलमा नेपालले प्रतिस्पर्धात्मक योगफल खडा गरेको छ । पछिल्लो खेलमा खराब ब्याटिङ प्रदर्शन गरेको नेपालले आज निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको हो ।  टस जितेर पहिला ब्याटिङ रोजेको नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २९ बलमा ४ चौका र ३ […]

April 20, 2024

लुम्बिनी तेस्रो जितसहित शीर्षस्थानमा कायम

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा शनिबार लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई ५० रनले हराएको छ। लुम्बिनीको यो तेस्रो जित हो र ६ अंक सहित अंक तालिकाको शीर्षस्थानमा रहेको छ। लुम्बिनीको जितमा कप्तान देव खनालले ४५ रन बनाए। जितको लागि १ सय ३९ रनको मध्यम लक्ष्य पछाएको कोशी प्रदेश १९.४ ओभरमा मात्र […]

April 20, 2024

नेपालले हङकङविरुद्ध टस जित्यो

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत हङकङ विरुद्ध तेस्रो स्थानको खेलमा नेपालले टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका छन् । नेपालले युएई विरुद्ध सेमिफाइनल खेलमा हार बेहोरेको प्लेइङ-११मा कुनै पनि परिवर्तन नगरी सोही टोली उतार्ने भएको छ । नेपालको प्लेइङ ११: कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल […]

Success

Thank you for your time.