default_image

5 years ago

March 31, 2019

सुपर ओभरमा दिल्लीको जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग(आईपीएल) को दशौं खेलमा कोलकाता नाइट राईडर्सलाई सुपर ओभरमा पराजित गरेको छ । सुपर ओभरमा दिल्लीले प्रस्तुत गरेको ११ रनको लक्ष्य पछ्याउन नसक्दा कोलकाता पराजित भएको हो । दिल्लीका कागीसो रबाडाको पहिलो बलमा कोलकाताका आन्द्रे रसेलले चौका प्रहार गरेका थिए । दोस्रो बलमा रन जोड्न नसकेका रसेल तेस्रो बलमा […]

40 views

0 Bookmark

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग(आईपीएल) को दशौं खेलमा कोलकाता नाइट राईडर्सलाई सुपर ओभरमा पराजित गरेको छ । सुपर ओभरमा दिल्लीले प्रस्तुत गरेको ११ रनको लक्ष्य पछ्याउन नसक्दा कोलकाता पराजित भएको हो ।

दिल्लीका कागीसो रबाडाको पहिलो बलमा कोलकाताका आन्द्रे रसेलले चौका प्रहार गरेका थिए । दोस्रो बलमा रन जोड्न नसकेका रसेल तेस्रो बलमा बोल्ड भए । चौथो बलमा उथाप्पाले १ रन जोडे र पाँचौमा कार्तिकले पनि १ रनमात्र जोड्न सके । अन्तिम बलमा ५ रन चाहिएको अवस्थामा उथाप्पाले १ रन मात्र जोडेपछि दिल्ली विजयी भयो ।

सुपर ओभरमा दिल्लीले प्रसिद कृष्णको बलिङमा १० रन जोडेको थियो । ऋषभ पन्त र श्रेयस ऐर ब्याटिङमा आएपछि पहिलो बल ऋषभले १ रन लिए। श्रेयसले दोस्रो बलमा चौका प्रहार गरे । तेस्रो बलमा लामो सट खेल्ने धुनमा उनी क्याच आउट भए । चौथो र पाँचौ बलमा पन्तले २-२ रन जोडे । अन्तिम बलमा रिभर्स स्विप प्रहार गर्न खोज्दा चुकेपछि उनले १ रनमात्र कुदे ।

त्यसअघि १ सय ८६ रनको लक्ष्य पक्ष्याएको दिल्ली २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८५ रनमा समेटिएपछि खेल सुपर ओभरमा धकेलिएको थियो । अन्तिम ओभरका दिल्लीलाई ६ रन चाहिएको थियो । तर कुलदीप यादवले ५ रन खर्चेर १ रन आउट सहित २ विकेट लिएपछि खेल सुपर ओभरमा धकेलिएको थियो । ओपनर पृथ्वी शा ले मैदानमा चौकाको वर्षा गराएपनि आफ्नो आईपीएल करियरको पहिलो शतक बनाउन १ रनले चुके ।

१९ औं ओभरको तेस्रो बलमा लोकी फर्गुसनको बलमा ठूलो शट प्रहार गर्न खोज्दा विकेटकीपर दिनेश कार्तिकले क्याच आउट गरेपछि उनी शतक बनाउन चुकेका हुन् । ५५ बलमा १२ चौका र ३ छक्का प्रहार गर्दै ९९ रनमा आउट भए । कप्तान श्रेयस ऐरले ३२ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४३, शिखर धवन १६ र ऋषभ पन्त ११ रनमा आउट भए । कोलकताका कुलदीप यादवले २ तथा आन्द्रे रसेल, पियुष चावला र लोकी फर्गुसनले समान १-१ विकेट लिए ।

त्यसअघि फिरोज शाह कोटलामा टस हारेर पहिला ब्याटिङ थालेको कोलकताले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनायो । कुनै समय ६१-५ को कमजोर अवस्थामा पुगेको कोलकतालाई आन्द्रे रसेलले विष्फोटक ब्याटिङ गर्दै विशाल योगफल सम्म पुर्याए । १७.५ ओभरमा क्याच आउट हुनु अघि रसेलले मात्र २८ बलमा ६ छक्का र ४ चौका प्रहार गर्दै ६२ रनको महत्वपूर्ण योगदान दिए ।

कोलकतालाई आन्द्रे रसेल र दिनेश कात्तिकले ९५ रनको साझेदारी गर्दै प्रतिसप्रर्धात्मक योगफल सम्म पुर्याउन सफल भएका हुन् । कात्तिकले ३६ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ५० रन जोडे । दिल्लीले सुरुवात राम्रो गरेपनि अन्त्य राम्रो गर्न नसक्दा विशाल लक्ष्य पाएको हो । पियुष चवाला १२ र कुलदीप यादव १० बटुले ।

सन्दीपलले दिल्लीलाई पहिलो सफल दिलाउने क्रममा चौथो ओभरको चौथो बलमा निखिल नाईकलाई ७ रनमा एलवीडब्लू आउट गर्दै पेभिलिएन फर्काए । छैटौं ओभरको अन्तिम बलमा रोविन उथप्पालाई हर्ष पर्टेलले ११ रनमा एलवी डब्लू आउट गरे । लगतै सातौ ओभरको पाँच बलमा कागिसो रबडाले विकेटकीपर ऋषभ पन्तबाट उत्कृष्ट क्याच गराउँदै ओपनर क्रिस लिनलाई २० रनमा आउट गरे ।

आठौं ओभरको पहिलो बलमा हर्ष पटेलले नितेश रानालाई १ रनमा क्याच आउट गरेपि कोलकता कमजोर अवस्थामा पुगेको थियो । दिल्लीका लागि सन्दीप लामिछानेले ४ ओभरमा २९ रन खर्चेर १ विकेट लिए । त्यस्तै हर्ष पर्टेलले २ र कागिसो रबाडा,अमित मिश्रा र क्रिस मोरिसले समान १ विकेट हात पारे ।

यस्तो रह्यो सन्दीपको ४ ओभर

इनिङसको दोस्रो ओभरमा नै बलिङ गर्न आएका सन्दीपले आफ्नो ओभरमा मात्र १ रन खर्चे । सन्दीपले निखिल नाईकलाई पहिलो पाँच बल डट गराएका थिए भने अन्तिम बलमा १ रन दिएका थिए । उनको चौथो बलमा कप्तान श्रेयस ऐरले कट बिहाइन्डको अपिल गर्दै रिभ्यु लिएपनि ‘एज’ नलागेको देखिएको थियो ।

चौथो ओभरमा व्यक्तिगत दोस्रो ओभर लिएर आएका सन्दीपको पहिलो बलमा क्रिस लिनले एक रन लिए । दोस्रो बलमा नाईकले लामो सट खेल्ने असफल प्रयास गरे र तेस्रो बलमा पनि ब्याटमा कनेक्ट हुन सकेन । निकै दवावमा रहेका नाईक चौथो बलमा डिफेन्स गर्ने धुनमा एलबीडब्लू धरापमा परे । नाईक आउट भएपछि क्रिजमा आएका नयाँ ब्याट्सम्यान रबिन उथाप्पाले पहिलो बलमा चौका प्रहार गरे । अन्तिम बलमा पनि उनले १ रन लिए ।

दशौं ओभरमा पहिलो बलमा नै शुभ्मन गिल रनआउट भएपछि दिल्ली बलियो स्थितिमा पुग्यो । १२ औं ओभरमा दिनेश कार्तिकलाई सुरुवाती दुई बल डट गराएपनि तेस्रो बलमा कार्तिकले चौका प्रहार गरे । चौथो बलमा एक रन लिएपछि रसेल स्ट्राइकमा आए । रसेलले पाँचौ बलमा सन्दीपलाई मिड विकेट बाउन्ड्रीमाथि छक्का प्रहार गरेपछि अन्तिम बलमा पनि छक्का प्रहार गर्न सफल रहे । जसले गर्दा अन्य ओभरको तुलनामा केहि महँगो सावित हुन पुगे । सन्दीपले यस ओभरमा १७ रन खर्चिएका थिए ।

April 20, 2024

नेपालले हङकङविरुद्ध टस जित्यो

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत हङकङ विरुद्ध तेस्रो स्थानको खेलमा नेपालले टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका छन् । नेपालले युएई विरुद्ध सेमिफाइनल खेलमा हार बेहोरेको प्लेइङ-११मा कुनै पनि परिवर्तन नगरी सोही टोली उतार्ने भएको छ । नेपालको प्लेइङ ११: कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल […]

April 20, 2024

सुदूरपश्चिमको पहिलो जित, गण्डकी पराजित

काठमाडौं (हाम्रो खेलकुद) –सुदूर पश्चिमप्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा पहिलो जित हासिल गरेको छ। सुदूरले गण्डकी प्रदेशलाई ९ विकेटको फराकिलो अन्तरमा हराउँदै अंकको खाता खोलेको हो। सुदूरको जितमा अभिषेक पालले ४९ रन जोडे। उनी अर्धशतकबाट मात्र १ रनले चुके। जितको लागि १ सय १८ रनको सहज विजय लक्ष्य सुदरले १९ ओभरमा मात्र १ […]

April 20, 2024

छ महिला क्रिकेटरले मलेसियाको सुपर वुमन्स कप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मासहित ६ क्रिकेटरले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार इन्दुसहित पूर्व कप्तान रूबिना क्षेत्री, सिता राना मगर, पुजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका हुन्। मलेसिया क्रिकेट संघले अप्रिल २४ देखि  मे ५ सम्म […]

Success

Thank you for your time.