default_image

7 years ago

March 31, 2019

एनसीएल वोमन्स अक्सन : हेर्नुहोस कुन खेलाडीलाई कुन टिमले कतिमा किने ?

151 views

0 Bookmark

काठमाडौं– एनसीएल वोमन्स टि–२० क्रिकेट लिग प्रतियोगिताको अक्सन आईतबार काठमाडौंमा सम्पन्न भएको छ । एसियाकै पहिलो महिला अक्सनमा विराटनगर रोअरिङ लायन्स,काठमाडौं सुपर च्याम्पियन,धनगढी वन्डर वुमन र भैरहवा क्विन्स फेन्चाइज टोलीले आ -आफ्नो टिममा १३–१३ खेलाडी अनुबन्ध गरेका छन् ।

अक्सनमा ८० खेलाडी रहेका थिए । अक्सनमा ५६ जना खेलाडी ब्रिकी हुँदा २४ खेलाडी बिकेनन् । अक्सनमा ग्रेड ए खेलाडीको न्युनतम मूल्य ४० हजार र अधिकतम मूल्य ७५ हजार रुपैयाँ थियो । बी ग्रेडका खेलाडीको न्युनतम मूल्य रु २५ हजार र अधिकतम मूल्य रु ५० हजार तथा सी ग्रेडका खेलाडीको न्युनतम मूल्य १५ हजार र अधिकतम मूल्य रु २५ हजार रुपैयाँ रहनेछ । अक्सनमा काजल श्रेष्ठ,रोमा थापा,सहिता मगर,जोती पाण्ड,अप्सरी बेगम लगाएका केहि खेलाडी महँगो मुल्यमा विके ।

अक्सनमा बिक्री भएका खेलाडी
विराटनगर रोअरिङ्ग लायोनेस (करुण भण्डारी) : काजल श्रेष्ठ(७५ हजार),अन्जली चन्द (५० हजार),किर्तीका मोरासैनी (२५ हजार) अनुराधा चौधरी (३५ हजार),अश्मिना कर्मचार्य (३५ हजार) सन्जु लामा (१५ हजार(सुस्मा श्रेष्ठ (१५ हजार) अप्सरी बेगम (७५ हजार) सरस्वती पुन (५० हजार) रितु कुमार कोनौजिया (६५ हजार) डोली भट्ट (४० हजार) प्यारी चौधरी (२५ हजार) राजमती ऐरी ( १५ हजार) ।

काठमाडौं सुपर च्याम्पियन (नेरी थापा) : सुमन खतिवडा (५० हजार),ममता चौधरी (७५ हजार) ईश्वरी विष्ट (१५ हजार),रेवती धामी ( ५० हजार), सरिता मगर(७५ हजार),रोमा थापा (७५ हजार) सुमन बिष्ट (५० हजार),कीर्ति शेन(२५ हजार),मन्जु कुमारी बोकटी (५० हजार),लक्ष्मी चौधरी ( ४० हजार ) सिमा भण्डारी (१५ हजार),गिता जोशी (२५ हजार) शान्ति कुमारी चौधरी (२५ हजार) ।

धनगढी वन्डर वुमन (सिता राना मगर ): कविता कँवर (७५ हजार) रुवि पोदर (२५ हजार) मनिषा राना (२५ हजार)जोती पाण्डे( ७५ हजार),समबन राई (७० हजार),संगिता राई (४० हजार)रेखा रावल(५० हजार) आरती बिडारी (४० हजार),रोशनी बोहरा(२५ हजार),कन्चन श्रेष्ठ (१५ हजार ) निशा भट््ट (१५ हजार ),अस्मिता खरेल(२५ हजार) सिमा कुमारी कुवर( १५ हजार)

भैरहवा क्विन्स : रुविना क्षेत्री (मार्की खेलाडी),सरस्वती कुमारी चौधरी – (४० हजार) नितु भण्डारी – (४३ हजार), सोनु खड्का (७५ हजार) इन्दु बर्मा (७५ हजार), एलिसा केसी ( ४७ हजार), कबिता जोशी (५० हजार) रश्मी शर्मा चौलागाई (५० हजार) बिन्दु रावल (७५ हजार),लक्ष्मी साउद (१५ हजार) ममता थापा (२५ हजार )सन्तोशी कुमारी चौधरी (१५ हजार) सर्मिला रोका मगर (२५ हजार) नविना खड्का (१५ हजार)

अनुप सक्सेना (विराटनगर रोअरिङ्ग लायोनेस), दीपक सुवेदी र अनिल भण्डारी (भैरहवा क्विन्स), हरि खनाल (धनगढी वन्डर वोमेन) र नायिका रेखा थापा (काठमाडौ सुपर च्याम्पियन्स) का टोलीका मालिकहरु हुन् । प्रतियोगिता आगमी वैशाख ७ देखी १४ गतेसम्म विराटनगरस्थित बैजनाथपुर क्रिकेट मैदानमा हुने छ । विजेता टोलीले ट्रफीसहित १० लाख रुपैयाँ र उप विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । हरेक खेलको प्लयेर अफ द म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीले प्राप्त गर्ने पुरस्कारका प्रदान गर्ने समेत आयोजकले जनाएको छ ।

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.