default_image

7 years ago

March 31, 2019

ट्रिटनलाई कलेज क्रिकेट लिग उपाधि

146 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका स्टार खेलाडीले भरिपूर्ण गोल्डेन गेट इन्टरनेशनल कलेजलाई पराजित गर्दै ट्रीटन इन्टरनेशनल कलेजले गोल्डेन गेट कलेज क्रिकेट लिग ट्वान्टी ट्वान्टीको उपाधि जितेको छ । जितसँगै ट्रिटनले २ लाख २२ हजार दुई सय २२ रुपैया प्राप्त गर्यो भने गोल्डेन गेटले एक लाख ११ हजार एक सय ११ रुपैयामा चित्त बुझायो ।

त्रिवि क्रिकेट मैदानमा आइतबार भएको निकै नै रोमाञ्चक फाइनलमा ट्रिटनले गोल्डेन गेटलाई ५ विकेटले पराजित गर्यो । टस हारेर पहिलो ब्याटिङ्ग गरेको गोल्डेन गेटले दिपेन्द्र सिँह ऐरिको अद्र्धशतकको मद्दतमा ७ विकेट गुमाउदै १ सय २६ रन बनायो । जवाफमा प्रदिप ऐरिले अविजित ४५ र बिक्रम सोबले ६ बलमा महत्वपूर्ण १७ रनको इनिङ्गस खेलेपछि ट्रिटनले १९ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य प्राप्त गर्यो ।

सामान्य लक्ष्य पछ्याउने क्रममा ट्रिटनले १६ रनमै दुई विकेट गुमाएको थियो तर प्रदिपले आदिल खानसँग तेश्रो विकेटका लागि ६५ रनको महत्वपूर्ण साझेदारी गर्दै टिमलाई खेलमा कायम राखेका थिए । राष्ट्रिय टोलीमा भर्खरै प्रवेश गरेका अविनाश बोहोराले आदिल र बिनोद भण्डारी (११) लाई बोल्ड गरे भने किरण ठगुन्ना अमर सिँह रौटेलाको बलमा आउट भएपछि गोल्डेन गेट खेलमा फर्किएको थियो ।

अन्तिम ८ बलमा १५ रन चाहिएको अवस्थामा बिक्रमले १९ औं ओभरको अन्तिम दुई बलमा अविनाशलाई छक्का प्रहार गरेपछि ट्रिटनका लागि जित सहज बनेको थियो । अन्तिम ओभरको पहिलो दुई बलमै उसले जित आत्मसात गर्यो  । ट्रिटनका लागि प्रदिप ४५ बलमा ४५ रनमै नटआउट रहे । उनले तीन चौका प्रहार गरे । प्रतियोगिताकै उत्कृष्ट ब्याट्स्म्यान घोषित भएका आदिलले दुई चौका र दुई छक्का प्रहार गर्दै ३२ बलमा ३३ रन बनाए । नन्दन यादव र दिपेन्द्रले गोल्डेन गेटका लागि पहिलो दुई विकेट लिएका थिए ।

रुपेश श्रीवास्तव, दिपेन्द्रसिंह ऐरी र आदील खान

यसअघि गोल्डेन गेटले पनि खराब शुरुवात गर्दै पहिलो ८ रन भित्र शरद भेषावकर र अनिल कुमार साहको विकेट गुमाएको थियो । दिपेन्द्रले तेश्रो विकेटका लागि सुमित महर्जनसँग ४२ रनको साभेदारी गर्दै टिमलाई सम्हालेका थिए । सुमितले २४ बलमा दुई चौका र एक छक्का प्रहार गर्दै २० रन बनाए । १८ औं ओभरमा आउट भएका दिपेन्द्रले ५० बलमा पाँच चौका र दुई छक्का प्रहार गर्दै ६१ रन बनाएका थिए । प्रतियोगितामा एक शतक पनि प्रहार गरेका दिपेन्द्रले दोश्रो अद्र्धशतक बनाएका हुन् ।

दिपेन्द्र र सुमित बाहेक गोल्डेन गेटका लागि जितेन्द्र सिँह ठकुरी (१६) र सोनु तामाङ्ग (११ नटआउट) ले दोहोरो अंकमा रन बटुलेका थिए । म्यान अफ द फाइनल बिक्रमसँगै ललित नारायण राजबंशी र अरुण ऐरिले ट्रिटनका लागि दुई–दुई विकेट लिएका थिए ।

प्रतियोगिता भर सान्दार ब्याटिङ्गका साथै उत्कृष्ट बलिङ्ग पनि गरेका दिपेन्द्र म्यान अफ द सिरिज घोषित भए । उनले २५ हजार रुपैया प्राप्त गरे । यस्तै १० विकेट लिएका काठमाडौं युनिभर्सिटीका रुपेश श्रीवास्तव उत्कृष्ट बलर घोषित भए । आदिल र उनले जनही १० हजार प्राप्त गरे । युनिभर्सिटि क्रिकेट क्लबको आयोजनामा भएको प्रतियोगितामा कुल १२ टिमको सहभागिता रहेको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.