7 years ago
March 31, 2019
एजेन्सी (हाम्रो खेलकुद)- पाकिस्तानविरुद्ध पाँचौ तथा अन्तिम वान डे खेलमा पाहुना टोली अष्ट्रेलियाले घरेलु टोली पाकिस्तानलाई ३ सय २८ रनको विशाल लक्ष्य दिएको छ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय २७ रन बनायो । निरन्तर उत्कृष्ट प्रर्दशन गर्दै आई रहेका ओपनर उस्मान खवाजाले आफ्नो वान डे करियरको तेस्रो शतक पुरा गर्न मात्र २ रनले चुक्दै ९८ रनमा आउट भए । १ सय ११ बलको सामना गरेका खवाजाले १० चौका गरे । खवाजालाई ३९.३ ओभरमा उस्मान शिनवारीले यासिर शाहबाट क्याच आउट गराएपछि शतक बनाउन चुकेका हुन् ।
त्यस्तै ग्लेन म्याक्सवेलले तल्लो क्रममा आक्रमक रुपमा अर्धशतक प्रहार गर्दै अष्ट्रेलियालाई विशाल योगफल सम्म पुर्याए । म्याक्सवेलले मात्र ३३ बलमा ३ छक्का र १० चौका प्रहार गर्दै ७० रन बटुले । म्याक्सवेललाई ४८.३ ओभरमा जुनैद खानले बोल्ड आउट गरे । कप्तान आरोन फिन्चले ६९ बलमा समान २ छक्का र चौका प्रहार गर्दै ५३,शन मार्शले ६८ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ६१,मार्कस स्टोइनिस ४ रनमा आउट भए ।
पाकिस्तानका लागि उस्मान शिनवारीले १० ओभरमा ४९ रन खर्चेर ४ विकेट लिए । जुनैद खानको नाममा ३ विकेट रह्यो । यस अघिका चारै खेलमा फराकिलो अन्तरले विजयी भएको अष्ट्रेलिया आजको खेलमा विजयी भए पाँच वान डे सिरिज ५-० ले जित्दै क्लिन स्विप गर्ने छ । पाकिस्तान भने अन्तिम खेलमा जित निकाल्दै क्लिन स्विपबाट बच्दै आफ्नो साखजोगाउन चाहान्छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]