एजेन्सी – कप्तान महेन्द्र सिंह धोनीले जिम्मेवारीका साथ ब्याटिङ गर्दै उत्कृष्ट अर्धशतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं खेलमा चेन्नई सपुर किंग्सले राजस्थान रोयल्सलाई १ सय ७६ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७५ रन बनायो । चेन्नईका लागि कप्तान महेन्द्र सिंह धोनीले ४६ बलमा समान ४ चौका र छक्का प्रहार गर्दै ७५ रनमा अविजित रहे । धोनीले अन्तिम ओभरको चौथो, पाँचौ,र छैटौं बलमा जयदेव उनादकटलाई लगातार छक्का प्रहार गर्दै चेन्र्नइलाई बलियो अवस्थामा पुर्याए ।
ड्वेन ब्राभोले अन्त्य तिर १५ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २७ रनमा आउट भए । खराब सुरुवात गरेकोे चेन्नईलाई धोनीले अन्त्य तिर विश्फोटक ब्याटिङ गर्दै चेन्नईलाई बलियो योगफल सम्म पुर्याउन सफल भए । उनले अन्तिम १६ बलमा ४२ रन जोडेका थिए ।
दोस्रो ओभरको अन्तिम बलमा जोफ्रा आर्चरले विकेटकीपर जस बटलरबाट क्याच गराउदै आम्बाती रायडूलाई १ रनमा पेभिलिएन फर्काए । चौथो ओभरको चौथो बलमा बेन स्ट्रोक्सले आर्चरबाट क्याच गराउँदै अर्का ओपनर शेन वाटशनलाई १३ रनमा आउट गरे । पाँचौ ओभरको पाँचौ बलमा केदार जाधव ८ रनमा क्याच आउट भएपछि चेन्नई २७–३ को कमजोर अवस्थामा पुगेको थियो ।
जयदेव उनादकटले १३.४ ओभरमा सुरेश रैनाई बोल्ट आउट गर्नु अघि कप्तान धोनीसँग ६१ रनको साझेदारी गर्दै चेन्नईको इनिङ्स उकासेका थिए । रैनाले ३२ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३६ रनको योगदान दिए । रविन्द्र जडेजा ८ रनमा अविजित रहे ।
राजस्थानका लागि जोफ्रा आर्चरले २,धवन कुलकर्णी,बेन स्ट्रोक्स र जयदेव उनादकटले समान एक विकेट लिए । चेन्नई लगातार तेस्रो जितको खोजिमा हुँदा राजस्थान पहिलो जित निकाल्ने सोचमा छ ।