7 years ago
April 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश स्तरिय यू१६ क्रिकेट प्रतियोगिता चैत्र १९ देखि २५ गते सम्म टीयू क्रिकेट मैदानमा हुने भएको छ । अप्रिल १८ देखि २९ सम्म थाईल्यान्डमा हुन लागेको एसीसी यू१६ इस्टर्न रिजनको लागि यसै प्रतियोगिताबाट खेलाडी छनोट गरिने छ ।

प्रतियोगितामा सहभागीता जनाउने ७ प्रदेशलाई दुई समुहमा विभाजन गरिएको छ । दुवै समुहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल चैत्र २४ र फाइनल २५ गते हुने छ । । प्रतियोगिताबाट २५ खेलाडी प्रारम्भिक छनोटमा पर्नेछन् । त्यसपछि अन्तिम छनोटमा १४ खेलाडी र ४ वैकल्पिक खेलाडीको नाम सार्वजनिक गरिनेछ ।
प्रतियोगिताको ग्रुप ए मा प्रदेश नम्बर ३, प्रदेश नम्बर ४, प्रदेश नम्बर ५ र प्रदेश नम्बर ६ रहेका छन् । समहु बी मा प्रदेश नम्बर १, प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ छन् । फाइनलबाहेक अन्य हरेक दिन दुई खेल हुने छन् । खेल विहान ८ र दिउँसो १२ बजे देखी टियु क्रिकेट मैदानमा सुरु हुने छ । यस प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उप विजेता टोलीले रु ७५ हजार बराबरको खेलकुद सामग्री प्राप्त गर्ने बताईएको छ ।
प्रतियोगिता युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा राष्ट्रिय खेलकुदको परिषदको समन्वयमा तथा मदन भण्डारी स्पोटस एकेडेमीको व्यवस्थापनमा हुन लागेको हो ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]