default_image

5 years ago

April 1, 2019

पन्जाबसँग खेल्दै सन्दीप सम्मिलित दिल्ली

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले आफ्नो चौथो खेल अन्तरगत किंग्स इलाभेन पन्जावसँग खेल्दै छ । खेल नेपाली समय अनुसार बेलुका ८:१५ देखी मोहालीमा सुरु हुने छ । दुवै टोली तेस्रो जितको खोजिमा छन् । दिल्लीले पहिलो खेलमा मुम्बईलाई ३७ रनले हराउँदा चेन्नई सुपर किंग्ससँग […]

33 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले आफ्नो चौथो खेल अन्तरगत किंग्स इलाभेन पन्जावसँग खेल्दै छ । खेल नेपाली समय अनुसार बेलुका ८:१५ देखी मोहालीमा सुरु हुने छ । दुवै टोली तेस्रो जितको खोजिमा छन् ।

दिल्लीले पहिलो खेलमा मुम्बईलाई ३७ रनले हराउँदा चेन्नई सुपर किंग्ससँग ६ विकेटले पराजित भएको थियो । तेस्रो खेलमा कोलकता नाइट राइडर्समाथि सुपर ओभरमा जित निकालेको थियो ।

पन्जावले पहिलो खेलमा राजस्थानलाई १४ रनले पराजित गर्दा दोस्रो खेलमा कोलकतासँग २८ रनले पराजित भएको थियो । तेस्रो खेलमा मुम्बईलाई ८ विकेटले हराएको थियो । दिल्लीमा पृथ्वी शा,ऋषभ पन्त,कागिसो रबाडाले सुरुवाती खेलमा उत्कृष्ट प्रर्दशन गरेका छन् । पन्जावबाट क्रिस गेल, केएल राहुल,मंयक अग्रवालको प्रर्दशन उत्कृष्ट छ । हालसम्मको हेड टु हेडमा पन्जाव बलियो देखिन्छ । यी दुई टोली आईपीएलमा एक अर्काबीच २२ पटक भिड्दा पन्जाव १३ र दिल्ली ९ पटक विजयी भएको छ । तर यस पटक मैदानमा भने पन्जाव भन्दा दिल्ली तुलानात्मक रुपमा बलियो देखिन्छ ।

पन्जावसँगको खेलमा सन्दीपले मौका पाउने उच्च संभावना छ । कोलकतासँगको खेलमा ४ ओभरमा २९ रन खर्चेर १ विकेट लिएका सन्दीपलाई दिल्लीले निरन्तरता दिने अनुमान गरिएको छ । सन्दीप सुरुवाती दुई खेलमा भने बेन्चमा बसेका थिए ।

April 19, 2024

आइपिएलमा लखनउसँग चेन्नईको हार

एजेन्सी – लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ । १ सय ७७ रनको विजय लक्ष्यसहित उत्रेको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेटको क्षेतिमा १ सय ८० रन जोडेर जित निकालेको छ । डि कक र केएल राहुले पहिलो […]

April 19, 2024

इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले हङकङसँग खेल्ने

एजेन्सी – नेपाली क्रिकेट टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनका लागि शनिबार हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा घरेलु टोली ओमानसँग शुक्रबार ५ विकेटले पराजित भएपछि हङकङको नेपालसँगको भेट पक्का भएको हो । फाइनल पुगेको ओमानले भने एसिया कपमा पुग्नको लागि आइतबार संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्नेछ […]

April 19, 2024

एसीसी प्रिमियर कप- युएईले ओमानसँग फाइनल खेल्ने

एजेन्सी – संयुक्त अरब इमिरेट्स (युएई) ले एसीसी प्रिमियर कपको उपाधिका घरेलु टोली ओमानको सामना गर्ने भएको छ । दोस्रो सेमिफाइनलमा शुक्रबार हङकङलाई ५ विकेटले हराउँदै ओमानले युएईसँगको फाइनल भेट पक्का गरेको हो । त्यसअघि नेपाललाई ६ विकेटले हराउँदै युएई फाइनलमा पुगेको थियो । हङकङविरुद्ध १ सय ३१ रनको लक्ष्य पछ्याएको ओमानले ४ बल बाँकी […]

Success

Thank you for your time.