7 years ago
April 3, 2019
भुपेन्द्र जीसी, काठमाडौं
नेपाली राष्ट्रिय टोली पछिल्लो एक वर्षमा एकपछि अर्को सफलता हात पार्दै उपल्लो स्तरको क्रिकेट खेलिरहेको छ । चार वर्षको लागि वान डे अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता पाएकोे नेपालले एक वर्ष नबित्दै पहिलो ओडीआई सिरिज जितिसकेको छ । तर आगामी श्रृंखलाको भने कुनै टुङ्गो छैन ।

नेपालले सन् २०२० र २१ मा हुने टी-२० विश्वकप तथा सन् २०२३ मा हुने एकदिवसिय विश्वकपमा सहभागिता जनाउँदै १०-१५ वर्षभित्र टेष्ट राष्ट्र बन्ने लक्ष्य राखेको छ । तर वर्तमान तयारी र संरचना हेर्दा टेस्ट राष्ट्र त के यहि वान डे मान्यता जोगाउन पनि नेपाललाई ठूलो चुनौती छ ।
क्यान नभएको अवस्थामा हरेक कुरामा आईसीसीसँग निर्भर रहने नेपालको बाध्यता नै हो । नेपालसँग आईसीसीको निर्णय पर्खेर बस्न बाहेक अन्य कुनै विकल्प पनि छैन । चुनौतीका चाङ त्यति नै छन् । अहिलेको अवस्थामा नेपाली क्रिकेटमा क्यानको निलम्बन फुकुवा र उच्च स्तरीय दीर्घकालिन अन्तर्राष्ट्रिय प्रशिक्षक मुख्य आवश्यकता ठानिएकोे छ । ओडीआई देशसँग अन्तर्राष्ट्रिय प्रशिक्षक नहुनु आफैमा लाजमर्दो कुरा पनि हो ।
पछिल्लो तीन वर्ष यता ब्याटिङ कन्सल्टेन्टका रुपमा केहि दिन वा प्रतियोगिताको लागि मात्र विदेशी प्रशिक्षककै भरमा नेपाली क्रिकेटले चलेको छ । ब्याटिङ कन्सल्यान्टका रुपमा भारतीय प्रशिक्षक मोन्टी देशाई, अपुर्व देशाई र उमेश पटवालले सहयोग गरिसकेका छन् । आगमी दिनमा कसले हेर्ने हो त्यो स्वंय आईसीसी र नेपाली खेलाडी दुवैलाई थाहा छैन ।

यसबिचमा नेपालको दीर्घकालीन प्रशिक्षक बन्न ठूलो इच्छा व्यक्त गरेका मोन्टी देशाई क्यानडाको प्रमुख प्रशिक्षक बनिसके । ब्याटिङ कन्सल्यान्ट १०-१५ दिनको लागि मात्र आउने हुँदा खेलाडीको स्तर वृद्धि गर्न भन्दापनि कमजोरीनै राम्रोसँग पत्ता लगाउनै नसक्ने क्रिकेट जानकारहरुको बुझाई छ । हरेक प्रतियोगितामा फरक फरक ब्याटिङ कन्सलटेन्ट आउँदा खेलाडी झनै दुविधामा पर्ने र उनीहरुको खेल्ने शैलीमा असर पर्न सक्ने चिन्ता पनि कायम छ ।
पछिल्लो समय घरेलु क्रिकेटमा देखा परेका युवा खेलाडीको प्रर्दशनबाट नेपाली क्रिकेटले छिट्टै ठूलो फड्को मार्ने अनुमान गरिएको छ । जसलाई समयमै मलजल गर्न आवश्यक छ । पछिल्लो तीन वर्षमा नेपाली क्रिकेटले च्याम्पियनशिप लिग २०१५-१७ हुँदै डिभिजन टु मा घटुवा, डिभिजन टु बाट एक दिवसिय विश्वकप छनोट, वान डे मान्यता र पहिलो वान डे र टी २० सिरिज जस्ता उपलब्धि हात पार्यो । क्यान आईसीसीको प्रतिबन्धमा रहेको अवस्थामा सरकारी पक्षले सफलतामा ताली बजाउन र बधाई दिन बाहेक अन्य कुनै पहल गरेको देखिदैन ।
नेपालको पहिलो विदेशी प्रशिक्षको रुपमा सन् १९९६ मा फारुक जमाललाई पाएको थियो । जमाल, ब्रायन ब्रिगिन, हारुन रशिद हुँदै नेपालले सन् २००१ मा श्रीलंकन प्रशिक्षक रोय डायसलाई पायो । सन् २०१० सम्म नेपाली क्रिकेट हेरेका डायसले नेपाललाई डिभिजन ४ सम्म पुर्याए । डायसले झन्डै एक दशक नेपाली क्रिकेटको हेरदेख गरे ।

सन् २०११ मा पुबुदु आएपछि नेपाली क्रिकेटले तीव्र गतिमा फड्को मार्यो । डिभिजन ४, ३, २ को उपाधि जित्नुका साथै २०१४ को विश्वकप पनि पुबुदुकै प्रशिक्षणमै खेलेको थियो । जुन विश्वकपलाई नेपाली क्रिकेटकै इतिहासकै सर्वाधिक ठूलो सफलता मानिन्छ । तर क्यानको बारम्बार आन्तरिक किचलोको कारण पुवुदुले आफ्नो भविष्य नदेखेपछि सन् २०१५ को प्रशिक्षक पद छाडेर अमेरिका गए । दासानायिकेले छोडेयता नेपाली क्रिकेट विदेशी प्रशिक्षकविहिन छ । तत्कालीन यू१९ प्रशिक्षक जगत टमटाकै भरमा पछिल्लो तीन वर्ष यता नेपाली क्रिकेट चलिरहेको छ ।
नेपाली क्रिकेट विकासको गतिमा रहेको अवस्थामा माथिल्लो स्तरमा पुर्याउन र खेलाडीको स्तर वृद्धि गर्न उत्कृष्ट विदेशी प्रशिक्षक आवश्यक छ । यसमा कसैको दुई मत छैन । गतवर्ष पाएको वान डे अन्तर्राष्ट्रिय मान्यताले नै नेपाली क्रिकेटको भविष्य कोर्ने छ । दिन प्रतिदिन प्रतिभावान नयाँ अनुहार थपिइरहेका छन् । रोहित कुमार पौडेल, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, कुशल मल्ल, भीम सार्की, अनिल कुमार शाह, पवन सर्राफ, अभिनास बोहोरा, ललित नारायण राजवंशी, राशिद खान लगायत थुप्रै खेलाडीको आगमनले नेपाली क्रिकेट उत्साहित छ । यीनै युवा खेलाडीको आगमनलेनै नेपाली क्रिकेटले टेस्ट मान्यताको सपना देखेको हो ।
तर त्यो सपना पुरा गर्न यी प्रतिभालाई समयमानै क्षमता र स्तर वृद्धि गर्न आवश्यक छ । अन्यथा त्यो सपना पुरा गर्न सोचेभन्दा लामो समय प्रतिक्षा गनुृपर्ने हुन्छ । अहिले घरेलु टिममा देखा परेका खेलाडीलाई सदुपयोग गर्न सके अन्तर्राष्ट्रिय क्रिकेटमा अफगानिस्तानकै रफ्तारमा नेपाली क्रिकेट अघि बढ्न सक्छ । अहिलेसम्म नेपालले जति सफलता हात पारेको छ, त्यो सबै खेलाडीको दिन रातको अथक प्रयास मिहिनेतले गर्दा हो । तर अब उपल्लो स्तरमा क्रिकेट खेल्न र सफलता हात पार्न खेलाडीको एक्लो प्रयासले मात्र हुँदैन, त्यहि अनुसारको प्रशिक्षण, संरचना, घरेलु लिग, उच्च स्तरका टिमसँग निरन्तर अभ्यास लगायत थुप्रै सेवा सुविधाको आवश्यक पर्दछ ।

नेपाली खेलाडीको क्षमता अभिवृद्धि गर्न विदेशी प्रशिक्षक चाहिनेमा स्वंय प्रशिक्षक जगत टमटा पनि सहमत छन् । कप्तान पारस खड्काले त युवा खेलाडीको क्षमता बढाउन अव विदेशी प्रशिक्षककै आवश्यक पर्ने थुप्रै सार्वजनिक कार्यक्रममा बताइसकेका छन् । युवा खेलाडी तथा यू१९ का कप्तान रोहित कुमार पौडेल पनि त्यहि चाहन्छन् ।
नेपाली क्रिकेट संघ (क्यान) विंस.२०७३ वैशाख १३ देखी आईसीसीको निलम्बनमा रहेका अवस्थामा विदेशी प्रशिक्षक नेपाल ल्याउन भने पक्कै सहज छैन । तर असम्भव पनि कहाँ छ र ? क्यान नभएको अवस्थामा विदेशी प्रशिक्षक नियुक्त गर्न मिल्दैन । तर क्यानको निलम्वन फुकुवा नहुन सम्म विदेशी प्रशिक्षक ल्याउन भने सकिन्छ । राष्ट्रिय खेलकुद परिषद (राखेप)को पहलमा आईसीसीसँग सहकार्य गर्दै नेपालले विदेशी प्रशिक्षक पाउन सक्छ । जुन कुरामा आईसीसी पनि धेरै सकरात्मक देखिन्छ । तर सफलतामा बधाई दिन र ताली बजाउन बाहेक अन्य कुनै कुरामा राखेपको ध्यान गएको देखिदैन । हुन त निलम्बनमा पर्नुमा स्वंय राखेपको पनि उत्तिकै दोषी छ ।
क्यान प्रतिबन्ध पर्नुको मुख्य कारण राजनीति र अन्तरिक किचलो नै हो । अहिलेसम्म हेर्दा तत्काल समधान हुने संकेत देखिदैन । क्यान निलम्बनमा रहिरहे वान डे मान्यताको चार वर्ष सम्म नेपाली क्रिकेट विदेशी प्रशिक्षक विहिन हुने त होईन, यो पश्न पनि उठ्न थालेको छ । यदी त्यसो भएमा नेपाली क्रिकेट विकासमा ठूलो धक्का लाग्ने छ । नेपाली क्रिकेट धेरै पछि धकेलिने छ । विश्व क्रिकेटमा अमिट छाप बसाउने सुन्दर अवसर गुमाउने छ । क्रिकेट विकासका नाममा ठूला कुरा गर्ने राखेप र सम्बन्धित पक्षले एक पटक गम्भीर भएर सोच्दै समयमै विदेशी प्रशिक्षक ल्याउन पहल गर्न आवश्यक छ ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]