default_image

5 years ago

April 3, 2019

आईपीएल खेल्ने सम्भावना बोकेका ५ नेपाली खेलाडी

एजेन्सी – आईपीएल अर्थात विश्वकै सर्वाधिक लोकप्रिय र सर्वाधिक धनराशी फ्रेन्चाइज क्रिकेट । सन् २००८ देखि सुरु भएको इन्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं संस्करण २३ मार्चदेखि भारतका विभिन्न सहरमा जारी छ । यस लिगमा आबद्ध हुने खेलाडीले दाम र नाम दुवै कमाउने गर्दछन् । सन् २०१७ मा पहिलो पटक आईपीएलमा एसोसिएट राष्ट्रका खेलाडी […]

69 views

0 Bookmark

एजेन्सी – आईपीएल अर्थात विश्वकै सर्वाधिक लोकप्रिय र सर्वाधिक धनराशी फ्रेन्चाइज क्रिकेट । सन् २००८ देखि सुरु भएको इन्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं संस्करण २३ मार्चदेखि भारतका विभिन्न सहरमा जारी छ । यस लिगमा आबद्ध हुने खेलाडीले दाम र नाम दुवै कमाउने गर्दछन् ।

सन् २०१७ मा पहिलो पटक आईपीएलमा एसोसिएट राष्ट्रका खेलाडी खेल्न मिन्ने प्रावधान दिईयो । जसअनुसार अफगानिस्तानका रशिद खान र मोहम्मद नाबीलाई सनराइजर्स हैदराबादले अनुबन्ध गर्यो । यी दुई खेलाडीको उत्कृष्ट प्रर्दशन गरेपछि अन्य एसोसिएट खेलाडीहरुलाई पनि बाटो खुलेको थियो ।

११ औं संस्करणको आईपीएलमा गतवर्ष नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई तत्कालिन दिल्ली डेयरडेभिल्सले २० लाख भारतीय रुपैंया खर्चेर अनुबन्ध गर्यो । यो समग्र नेपाली क्रिकेटका लागि एक सुनौलो अवसर पनि थियो । उक्त अवसर सन्दीपले चुक्न दिएनन् । अन्तिम तीन खेलमा मौका पाउँदा उत्कृष्ट प्रर्दशन गरे । सन्दीपले आईपीएलपछि पछिल्लो एक वर्षमा विश्वका प्रख्यात सबै फ्रेन्चाइज लिग खेले ।

सन्दीपले निरन्तर उत्कृष्ट प्रर्दशन गरिरहँदा अन्य नेपाली खेलाडीलाई पनि विदेशी फ्रेन्चाइज लिग खेल्न बाटो सहज बनेको छ । सन्दीपले आफ्नो प्रर्दशनबाट मौका पाए अन्य नेपाली खेलाडीले पनि उत्कृष्ट प्रर्दशन गर्न सक्ने विश्व क्रिकेटमा सन्देश दिएका छन् । हाम्रो खेलकुद डट कमका भुपेन्द्र जीसीले सन्दीपझैं आईपीएल खेल्ने सम्भावना बोकेका खेलाडी यसरी प्रस्तुत गरेका छन् :

५. रोहित कुमार पौडेल

हाल यू१९ को कप्तान समेत रहेका १६ वर्षिय रोहित कुमार पौडेल नेपाली टोलीका भरपर्दा ब्याट्सम्यान हुन् । टोलीको आवश्यकता अनुसार आक्रमक र धैर्यवान दुवै शैलीमा खेल्ने गर्दछन् । नेपाललाई एक दिवसिय विश्वकप छनोट,वान डे मान्यता र पहिलो सिरिज जिताउन सम्म उनको प्रर्दशन निकै महत्वपूर्ण रह्यो ।

दुई महिनाअघि मात्र रोहितले यूएईसँगको दोस्रो वान डे खेलमा ५५ रन बनाउदै सर्वाधिक सानो उमेरमा अर्धशतक पुरा गर्ने विश्व रेकर्ड कायम गरे । उक्त रेकर्ड कायम गर्दा सचिन तेन्दुलकर, साहिद अफ्रिदी लगात स्टार खेलाडीको रेकर्ड तोड्दै विश्वको ध्यान आफुतिर केन्द्रीत गर्दै थप चर्चाको शिखरमा पुगे । रोहित तिनै हुन् जसले झन्डै दुई वर्षअघि यू१९ क्रिकेटमै भारतीय तीव्र गतिका बलर कमलेश नगरकोटीलाई एकै ओभरमा २४ मा रन हान्दै भविष्यमा नेपालको स्टार फिनिसर हुने संकेत देखाएका थिए ।

१५ वर्षकै उमेरमा नेपाली टोलीमा मौका पाएका रोहितले ४ वान डे, १ टी२० अन्तर्राष्ट्रिय र १६ लिष्ट ए खेल खेलि सकेका छन् । आगमी दिनमा अझ कडा मिहिनेत गर्दै आफ्नो प्रर्दशनमा सुधार गर्दै राष्ट्रिय टिमबाट उत्कृष्ट प्रर्दशन गरेको खण्डमा रोहित आईपीएल खेल्न सक्ने संभावना बोकेका नेपाली युवा खेलाडीमा पर्दछन् ।

४. सन्दीप जोरा

१७ वर्षिय जोरा आत्माविश्वासका साथ ठूला ठूला शट प्रहार गर्ने गर्दछन् । टी २० खेलनै आक्रमक खेल हो । दुई महिना अघि यूएईविरुद्ध डेब्यूमै अर्धशतक प्रहार गर्दै टी२० क्रिकेटमा सर्वाधिक सानो उमेरमै ५० रन पुरा गर्ने खेलाडीको विश्व कीर्तिमान बनाउँदा थप चर्चामा आए । आगमी दिनमा नेपाली क्रिकेटमा उनलाई फिनिसरको रुपमा पनि हेरिएको छ ।

जोराले नेपालबाट १ वान डे र ३ टी२० खेलमा प्रतिनिधित्व गरि सकेका छन् । जोराको हालसम्मको उमेर समुह, घरेलु क्रिकेट र राष्ट्रिय टिमको प्रर्दनश हेर्दा भविष्यमा स्टार खेलाडीको रुपमा हेरिएको छ । जोराले नेपालबाट उत्कृष्ट प्रर्दशन गर्दै आईपीएल सम्मको यात्रा तय गर्न सक्ने सम्भावना बोकेका युवा खेलाडीको रुपमा देखिन्छ ।

३. ललितनारायण राजवंशी

आईपीएलमा विदेशी ब्याट्सम्यान भन्दा बलरहरुलाई स्थान बनाउन सहज देखिन्छ । अझ स्पिनरहरुले मौका पाउने उच्च संभावना हुन्छ । गत वर्ष एकदिवसिय विश्वकप छनोटमा जिम्बाबेविरुद्ध डेब्यू गरेका अफ स्पिनर ललितले उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् ।

नेपालबाट समान तीन वान डे टी २० तथा ९ लिष्ट ए खेली सकेका ललितले गत अक्टोबरमा आईसीसी एसिया टी२० विश्वकप छनोट बी मा उत्कृष्ट प्रर्दशन गरेका थिए । नेपाली फ्रेन्चाइज लिगहरुमा उनको प्रर्दशन गज्जब छ । त्यस्तै ललितले आगमी दिनमा आफ्नो प्रर्दशन अझ सुधार गर्दै जादा र नेपालबाट उत्कृष्ट प्रर्दशन गरेको खण्डमा आईपीएलमा उनको संभावना छ ।

२. दिपेन्द्रसिंह ऐरी

अलराउन्डर दिपेन्द्रसिंह ऐरीलाई पारसपछि कप्तानी गर्न सक्ने खेलाडीको रुपमा हेरिएको छ । लजालु स्वभावका दिपेन्द्र मैदानमा भने बल र ब्याटबाट निरन्तर बोल्ने गर्दछन् । युवा अलराउन्डर ऐरीले नेपालबाट पछिल्लो दुई वर्षमा निरन्तर उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । नेपालले वान डे मान्यता पाउन सम्म उनको प्रर्दशन निकै महत्वपूर्ण रह्यो ।

दीपेन्द्रसिंह ऐरी

सन् २०१७ मा यू१९ एसिया कप मा भारतलाई हराउँदा दिपेन्द्रले उत्कृष्ट अलराउणन्ड प्रर्दशन गरेका थिए । त्यस खेलमा उनले ८८ रन बनाउनुको साथै ४ विकेट लिएपछि नेपालले भारतमाथि ऐतिहासिक जित हासिल गरेको थियो । नेपाली फ्रेन्चाइज लिगमा पछिल्लो समय सर्वाधिक रन बनाउने सुचिमा नेपालबाट शीर्षस्थामा उनको नाम आउने गर्दछ ।

१९ वर्षिय ऐरीले ६ वान डे,४ टी२० र २१ लिष्ट ए खेल खेलि सकेका छन् । पार्ट टाईम स्पिनरको रुपमा मौका पाई रहेका उनले निरन्तर विकेट लिई रहेका छन् । हरेक टोलीको इच्छा उत्कृष्ट अलराउन्डर टोलीमा अनुबन्ध गर्ने हुन्छ । आगामी दिनमा नेपालले खेल्ने अन्तर्राष्ट्रिय खेलमा निरन्तर उत्कृष्ट प्रर्दशन गर्न सके दिपेन्द्रले एक अलराउन्डरको रुपमा आईपीएलमा स्थान बनाउन सक्छन् ।

१. सोमपाल कामी

सोमपाल नेपाली टोलीका तीब्र गतिका बलिङ भरपर्दा अलराउण्डर हुन् । नेपाललाई पहिलो टी २० विश्वकप खेलाउन देखी वान डे मान्यता दिलाउन सम्म उनको प्रर्दशन निकै महत्वपूर्ण छ । सोमपलको नाममा टी २० क्रिकेटमा विश्व रेकर्ड समेत छ । तीव्र गतिको बलिङसँगै तल्लोक्रममा टोलीको आवश्यकता अनुसार ब्याटिङ गर्ने सोमपालले सन् २०१४ मा १० औं नम्बरमा ब्याटिङ गर्दै ४० रन जोडेपछि विश्व रेकर्ड कायम गरेका थिए ।

नेपालबाट वान डेमा ५ विकेट लिने,लिष्ट ए मा ५० विकेट पुरा गर्ने पहिलो बलर समेत हुन् । सोमपाल आईसीसीको टी २० अलराउण्डर बरियतामा पनि ४९ औं स्थानमा छन् । वरियताबाटै पनि उनि कुन स्तरका अलराण्डर क्रिकेटर हुन् भन्ने थाहा हुन्छ । उनले ६ वान डे, १५ टी २० अन्तर्राष्टिय, ४३ लिष्ट ए खेली सकेका छन् । सोमपालले वान डेमा १३, टी २० मा १७ र लिष्ट ए मा ६५ विकेट लिइसकेका छन् ।

सोमपालको प्रर्दशनलाई विदेशी फ्रेन्चाइज टोलीले नजिकबाट नियाल्न थालि सकेका छन् । आगामी दिनमा अन्य नेपाली खेलाडीको तुलनामा सोमपाल छिटो आईपीएल सहित अन्य विदेशी लिग खेल्न सक्ने उच्च संभावना देखिन्छ ।

April 20, 2024

लुम्बिनी तेस्रो जितसहित शीर्षस्थानमा कायम

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा शनिबार लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई ५० रनले हराएको छ। लुम्बिनीको यो तेस्रो जित हो र ६ अंक सहित अंक तालिकाको शीर्षस्थानमा रहेको छ। लुम्बिनीको जितमा कप्तान देव खनालले ४५ रन बनाए। जितको लागि १ सय ३९ रनको मध्यम लक्ष्य पछाएको कोशी प्रदेश १९.४ ओभरमा मात्र […]

April 20, 2024

नेपालले हङकङविरुद्ध टस जित्यो

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत हङकङ विरुद्ध तेस्रो स्थानको खेलमा नेपालले टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका छन् । नेपालले युएई विरुद्ध सेमिफाइनल खेलमा हार बेहोरेको प्लेइङ-११मा कुनै पनि परिवर्तन नगरी सोही टोली उतार्ने भएको छ । नेपालको प्लेइङ ११: कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल […]

April 20, 2024

सुदूरपश्चिमको पहिलो जित, गण्डकी पराजित

काठमाडौं (हाम्रो खेलकुद) –सुदूर पश्चिमप्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा पहिलो जित हासिल गरेको छ। सुदूरले गण्डकी प्रदेशलाई ९ विकेटको फराकिलो अन्तरमा हराउँदै अंकको खाता खोलेको हो। सुदूरको जितमा अभिषेक पालले ४९ रन जोडे। उनी अर्धशतकबाट मात्र १ रनले चुके। जितको लागि १ सय १८ रनको सहज विजय लक्ष्य सुदरले १९ ओभरमा मात्र १ […]

Success

Thank you for your time.