default_image

7 years ago

April 3, 2019

पान्ड्या र यादव चम्कँदा मुम्बईको बलियो योगफल

126 views

0 Bookmark

एन्जेसी – मिडिल अडरका ब्याट्सम्यान सुर्य कुमार यादवको अर्ध शतक र हार्दिक पान्ड्याले अन्तिमतिर आक्रमक ब्याटिङ गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को १५ औं खेलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सलाई १ सय ७१ रनको मध्यम लक्ष्य दिएको छ ।

घरेलु मैदान वानखडेमा टस हारेर ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७० रन बनायो । मुम्बईलाई सम्मानजनक लक्ष्य सम्म पुर्याउन महत्वपूर्ण अर्धशतक प्रहार गरेका यादवले ४३ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ५९ रन जाडे । यादवलाई ठूलो शट खेल्न खोज्दा १८ ओभरको अन्तिम बलमा ड्वेन ब्राभोले रविन्द्र जडेजाबाट क्याच आउट गराए ।

कप्तान रोहित शर्मा १३,क्विन्टन डी कक र युवराज सिंह समान ४ रनमा आउट भएपछि दवावमा परेको मुम्बईलाई चौथो विकेटका लागि क्रुनाल पान्ड्या र यादवले विकेटको ६२ रनको साझेदारी गर्दै सम्मानजनक लक्ष्य सम्म पुर्याए । क्रुनालले ३२ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ४२ रन जोडे ।

हार्दिक पान्ड्या ८ बलमा ३ छक्का र १ चौका प्रहार गर्दै २५ रनमा अविजित रहे । किराण पोलार्ड ७ बलमा २ छक्का प्रहार गर्दै १७ रनमा अविजित रहे । अन्तिम दुई ओभरमा मुम्बईले ४५ रन जोडेपछि बलियो अवस्थामा पुगेको हो ।

अन्तिम ओभरमा ब्राभोलाई पोलार्डले तेस्रो बलमा छक्का,पान्ड्याले चौथो बलमा छक्का,पाँचौ बलमा चौका प्रहार र अन्तिम बलमा छक्का प्रहार गर्दै २९ रन बटुलेपछि मुम्बई बलियो अवस्थामा पुग्यो । चेन्नईका लागि मोहित शर्मा,इमरान ताहिर,रविन्द्र जडेजा,ड्वेन ब्राभो र दिपक चाहारले समान एक विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.