7 years ago
April 4, 2019
एन्जेसी – इन्डियन प्रिमियर लिग (आईपीएल) को १६ औं खेलमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्ध हुनेछ । खेल नेपाली समय अनुसार बेलुका ८:१५ देखी दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा सुरु हुने छ ।

जारी प्रतियोगितामा हैदरावादले उत्कृष्ट प्रर्दशन गरेका छ । ओपनर डेविड वार्नर र जोनी बेयरस्ट्रोले सुरुवाती तीनै खेलमा शतकीय साझेदारी गरेका छन् । आजको खेलमा दिल्लीका बलरलाई यी दुई ब्याट्सम्यानलाई रोक्न निकै कठिन हुने देखिन्छ । मिडल अडरमा विजय शंकरको प्रर्दशन पनि उत्कृष्ट छ । मोहम्मद नाबी,राशिद खान,भुवनेश्वर कुमार,सहवाज नदीमले बलिङ पनि उतिकै राम्रो गर्दै आएका छन् ।
पहिलो खेलमै कोलकता नाइट राइडर्ससँग ६ विकेटले पराजित भएको हैदरावादले राजस्थान रोयल्सलाई ५ विकेट र रोयल च्यालेन्जर्स बेंगलोरलाई १ सय १८ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । उच्च मनोवलमा रहेका हैदरावाद तेस्रो जितको खोजिमा हुने छ । यता दिल्ली भने फिनिसरको अभावको कारण जित नजिक पुगेको खेल पनि हारेको छ ।
मुम्बईलाई ३७ रनले हराउँदै विजयी सुरुवात गरेको दिल्लीले चेन्नईसँग ६ विकेटले पराजित हुन पुग्यो । कोलकतालाई सुपर ओभरमा हराउँदा पन्जावसँग १३ रनले पराजित भयो । पन्जावसँगको खेल फिनिसरको अभावको कारण गुमाएकोे थियो । अन्तिम १६ बलमा ८ रन जोड्न ७ विकेट गुमाएपछि नाटकीय हारको सामना गर्नु पर्यो ।

अपेक्षा भन्दा निकै खराव प्रर्दशन गरेका ओपनर शिखर धवनको स्थानमा दिल्लीले आज न्युजिल्यान्डका कोलिन मुनरोलाई मौका दिन सक्ने संभावना छ । पन्जावसँगको खेलमा बेन्चमा बसेका अमित मिश्रालाई पनि मैदान उतार्न सक्ने उच्च संभावना प्रबल देखिन्छ । अन्य खेलाडी परिवर्तन गर्न सक्ने संभावना कम छ ।
यी दुईबीच आईपीएलमा हालसम्म १२ खेल भएका छन् । जसमा दिल्लीले ४ खेलमा जित निकाल्दा ८ खेलमा हारेको छ ।
सन्दीपको सम्भावना ?
सन्दीप आजको खेलमा दिल्लीको पहिलो रोजाईको स्पिनरको रुपमा मैदान उत्रने निश्चित जस्तै छ । फिरोज शाह कोटला स्पिनर उपयोगि मैदान हो । त्यसमा पनि सन्दीपले दुवै खेलमा उत्कृष्ट प्रर्दशन गरेका छन् । कोलकताविरुद्ध १ र पन्जावसँगको खेलमा कसिलो बलिङ गर्दै २ विकेट लिएका सन्दीपले अन्य बलरको तुलनामा इकोनमि रन पनि कम खर्चेका छन् । यस अर्थमा दिल्लीले सन्दीपको विकल्प खोज्ने छैन ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]