default_image

7 years ago

April 4, 2019

प्रदेश २ र प्रदेश ५ विजयी

131 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश २ र प्रदेश ५ ले यू-१६ क्रिकेट लिग अन्तर्गत बिहीबारको खेलमा जित दर्ता गरेका छन् । प्रदेश २ ले प्रदेश १ लाई ६ विकेटले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गर्दा प्रदेश ५ ले पनि प्रदेश ६ लाई सोहि अन्तरले पराजित गर्यो ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको पहिलो खेलमा प्रदेश १ ले टस जितेर ब्याटिङ रोज्दै १५.५ ओभरमा अलआउट हुनुअघि ७८ रनमात्र जोड्न सक्यो । विशाल पटेलले पहिलो ओभरमा नै ३ विकेट लिएपछि प्रदेश १ ले राम्रो योगफल खडा गर्न सकेन । विशालले इनिङसको दोस्रो, तेस्रो र पाँचौ बलमा विकेट लिएका थिए । उनले शकिब अन्सारी र अभिषेक बराललाई एलबीडब्लू तथा अंकित श्रेष्ठलाई शून्यमै बोल्ड गरेका थिए । विशालले तेस्रो ओभरमा पनि समिर कार्कीलाई १० रनमा आउट गर्दै प्रदेश १ लाई २१-४ को दयनीय अवस्थामा पुर्याए ।

मध्यक्रममा कप्तान दिपेश कँडेलले ३३ रन जोडेपछि प्रदेश १ ले सम्मानजनक योगफल खडा गरेको थियो । उनले ३६ बलको सामना गर्दै ६ चौका प्रहार गरे । ओपनर रुपक बरालले ८ तथा विपिन महतोले ६ रन जोडे । प्रदेश २ का लागि म्यान अफ द म्याच विशालले ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए । अरबाज अन्सारीले ३, निखिल सिंहले २ तथा सतिश यादवले १ विकेट लिए ।
जवाफमा प्रदेश २ ले १६ औं ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य प्राप्त गर्यो । प्रदेश १ का कप्तान दिपेश कँडेलले सुरुवाती ३ विकेट लिएपनि साहिल कुमार पटेल र पर्शुराम यादवले साझेदारी गरेपछि प्रदेश २ ले सहज जित दर्ता गर्यो । दिपेशले इमरान शेखलाई ४, रोहनराज विकलाई १ तत्थ मेघराज महरालाई शून्यमा पेभेलियन फर्किए ।

साहिल र पर्शुरामले चौथो विकेटका लागि ५८ रनको साझेदारी गरे । साहिलले ३८ बलमा ३५ रन जोड्दै दिपेशकै बलमा बोल्ड भए । उनले ३ चौका र १ छक्का प्रहार गरे । पर्शुरामले ३३ बलमा ३ चौकाको मदतले नटआउट २६ रन जोडे ।

दिनको दोस्रो खेलमा प्रदेश ५ ले प्रदेश ६ लाई ६ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको छ । टस जितेर ब्याटिङ रोजेको प्रदेश ६ ले २४.२ ओभरमा अलआउट हुनुअघि ७१ रन जोडेको थियो । निकै खराब सुरुवात पाएको प्रदेश ६ का तल्लोक्रमका ब्याट्सम्यानले दोहोरो अंकमा रन जोडेपनि बलियो योगफल भने खडा गर्न सकेनन् । ओपनर मोहन जीसी १, पारस खड्का ५ र सन्दीप जंग शाहीलाई शून्यमा गुमाएको प्रदेश ६ ले एक समय २० रनको स्थितिमा ५ विकेट गुमाएको थियो । प्रदेश ५ का रमेश कुर्मीले ६ ओभरमा मात्र ७ रन खर्चेर ३ मेडनसहित ४ विकेट लिएपछि प्रदेश ६ ले कमजोर सुरुवात पाएको थियो । कप्तान विभान मगर १०, प्रणव बदेल १ र युनिष सिंह ७ रनमा आउट भएपछि मध्यक्रम पनि धराशायी बनेको थियो । लगातार विकेट गुमाएपछि प्रदेश ६ ४१-९ को स्थितिमा पुगेको थियो ।

दशौँ विकेटका लागि युवराज खत्री र बेनित खत्रीले ३० रनको साझेदारी गर्दै प्रदेश ६ लाई राम्रो स्कोरसम्म पुर्याए । युवराजले ३३ बलमा २ चौकासहित १७ रन जोडे । बेनित २८ बलमा १० रन जोड्दै नटआउट रहे । त्यसअघि विमल जंगमल्लले १८ बलमा ३ चौकासहित १३ रन जोडेका थिए । प्रदेश ५ का लागि रमेशको ४ विकेटसँगै सुरज खड्का र प्रकाश गिरिले २-२ तथा अभिषेक गौतम र सिराज गैरेले १-१ विकेट हात पारे ।

जवाफमा प्रदेश ५ ले १३ औं ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य प्राप्त गर्यो । ओपनर अमर मिश्रालाई शून्यमा गुमाएपनि सुशान्त थापाले नटआउट ३१ रन जोडेपछि टोलीले सहजै जित हात पार्यो । उनले २९ बलको सामना गर्दै ४ चौका प्रहार गरे । उनलाई ८ बलमा २ चौका र १ छक्कासहित १६ रन जोडेका कप्तान विशालविक्रम केसीले राम्रो साथ् दिए । दिवस सेन्चुरीले ७ रन तथा प्रकाश गिरीले ९ रन जोडे । प्रदेश ६ का राजकुमार शाही, युवराज खत्री र युनिष सिंहले १-१ विकेट लिए । पहिलो खेलमा प्रदेश ३ सँग पराजित भएको प्रदेश ५ ले दोस्रो खेलमा जित दर्ता गरेको हो । प्रदेश ६ ले भने अघिल्लो खेलमा प्रदेश ४ लाई पराजित गरेको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.