7 years ago
April 4, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को १६ औं खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले सनराइजर्स हैदरावादविरुद्ध मध्यम मध्यम प्रर्दशन गरेका छन् । सन्दीपले ४ ओभरमा ३२ रन खर्चिदा १ विकेट लिए ।

सामान्य लक्ष्य दिएको दिल्लीले सन्दीपलाई पहिलो ओभरमै बलिङ ल्याएको थियो । ओपनर डेविड वार्नरलाई सुरुवाती तीन बल डट गराएका सन्दीपले चौथो बलमा १ रन दिए । पाँचौ बलमा जोनी बेयरस्टोले सन्दीपलाई चौका प्रहार गर्दै खाता खोले । अन्तिम बलमा १ रन खर्चिए ।
तेस्रो ओभरमा सन्दीपले १३ रन खर्चिए । बेयरस्टोले सन्दीपलाई पहिलो ओभरमा छक्का,दोस्रो बलमा चौका प्रहार गरे । तेस्रो बलमा १ रन लिदै स्ट्राइक वार्नरलाई दिए । वार्नरले चौथो बलमा २ र पाँचौ बलमा एलवी डब्लू आउटको अपिल गरे पनि त्यो सफल हुन सकेन । अन्तिम बल पनि सन्दीपले डट गराए ।
९ औं ओभरमा सन्दीपले ५ रन मात्र खर्चिए । पहिलो र दोस्रो बलमा विजय शंकरलाई डट गराएका सन्दीपले तेस्रो बलमा दुई रन खर्चिए । चौथो बलमा शंकले १ रन लिए । पाँचौ बल मनिष पान्डेलाई डट गराउँदा अन्तिम बलमा दुई रन दिए ।
सन्दीपले १६ औं ओभरमा ८ रन खर्चिदै १ विकेट लिए । यस ओभरको तेस्रो बलमा युसुफ पठानले चौका प्रहार गरेका थिए । अन्तिम बलमा दिपक हुड्डालाई कागीसो रबडाबाट १० रनमा क्याच आउट गराए । यो सँगै सन्दीपले आफ्नो चार ओभरको स्पले कोटा पनि सकाए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]